अमेरिकामा शरण माग्नेको संख्यामा २३८.३ प्रतिशतले वृद्धि

अमेरिकामा शरण माग्नेको संख्या मात्र बढेको छैन, शरणको मरण पनि बढिरहेकै छ । तस्बिर : एजेन्सी

अमेरिकामा शरण खोज्नेहरूको संख्यामा केही वर्षयता ठूलो बढोत्तरी भएको छ । 

युएससीआईएसको पछिल्लो प्रतिवेदनअनुसार सन् २०१८ मा अमेरिकामा शरणका लागि आवेदन दिनेहरूको संख्या एक लाख ५९ हजार चार सय ७३ जना पुगेका छन् ।

यसअघि सन् २०१४ मा ४७ हजार एक सय ३७ जनाले शरण मागेका थिए ।

यी दुई संख्याको बीच तुलना गर्दा यस बीचमा आवेदन दिने शरणार्थीको संख्या २३८.३ प्रतिशतले बढेको छ । 

यो पनि हेर्नुहोस् 

आफ्नै छोराले सडकमा पुर्‍याएको आमाको कथा

अमेरिकी राष्ट्रपति ट्रम्प आप्रवासीप्रति कठोर रहदै आएका छन् । उनी राष्ट्रपति भएयता शरणार्थीका मुद्दा छिनोफानो गर्ने क्रम तिब्रगतिले अगाडि बढेको छ । अस्वीकृत हुनेको संख्या पनि ह्वात्तै बढेको छ । 

अब त शरण माग्नेको संख्या पनि ह्वात्तै घट्नेछ । राष्ट्रपति ट्रम्पको पछिल्लो नीति अनुसार दक्षिण सिमाबाट आएर अमेरिकामा शरण माग्नका लागि बाटोमा पर्ने तेस्रो मुलुकमा शरणका लागि आवेदन दिएर अस्वीकृत भएको प्रमाण पेश गर्नुपर्ने छ । लामो कानूनी लडाईंपछि सर्वोच्च अदालतले पनि ट्रम्पको यो नीतिलाई हरियो बत्ती बालिदिईसकेको छ । 

प्रकाशित मिति: : 2019-09-16 06:05:37

प्रतिकृया दिनुहोस्