अमेरिकाको न्युयोर्कमा 'मिनी नेपाल' सफा गर्दै नेपालीहरू

अमेरिकाको मिनी नेपाल अर्थात् ज्याक्सन हाइट्स सफा गर्दै नेपालका शेर्पेनीहरू । तस्बिर सौजन्य : शैलेस श्रेष्ठ

अमेरिकाको कहिलै ननिदाउँने सहर न्युयोर्कको कुइन्स बरो अनि त्यसको सानो बस्ती ज्याक्सन हाइट्स । त्यही बस्तीमा छ नेपालीको बाक्लो उपस्थिति अनि त भनिन्छ- अमेरिकाको मिनी नेपाल ।

यो मिनी नेपालसँग नेपालको धेरै साइनो छ । त्यसमध्येमा पनि एउटा साइनो हो- फोहोर । नेपालबाट सोच्ने दिमाखको अमेरिकाभन्दा बढी नै फोहोर छ ज्याक्सन हाइट्स । 

यो पनि हेर्नुहोस् 
जुम्ला-रारा अल्ट्रा म्याराथुन सुरू

तर, यो पनि सत्य हो कि त्यो फोहोर कतैबाट आयातित हैन, त्यही उत्पादित हो । त्यसमा त्यहीका स्थानीयको सबैभन्दा धेरै योगदान हुन्छ । नेपालीको पनि बाक्लो उपस्थिति भएकाले स्वभावत: त्यसमा उनीहरूको पनि योगदानको हिस्सा रहने नै भयो ।  

यो पनि पढ्नुहोस् 
गुड्ला त न्युयोर्कको 'यल्लो क्याव'को ढाडमा नेपाल ?

नेपालमा हिमालका सन्तान भनेर चिनिने शेर्पाहरूको आवादी पनि ज्याक्सन हाइट्समा ठूलै छ । संख्यासँगै गुम्बा मात्र हैन, संस्था पनि धेरै छन् । त्यहीमध्येको एक संस्था युनाइटेड शेर्पा एशोसियसनले स्थानीय नेपालीलाई आव्हान गरेर शनिबार छरछिमेक सरसफाइ क्याम्प चलायो । हाम्रो समुदाय हाम्रो जिम्मेवारी भन्ने मूल नाराका साथ आयोजित सरसफाइ कार्यक्रममा सामाजिक चेत भएका थुप्रै स्थानीय नेपाली सरसफाइ अभियानमा सहभागी भए ।

सरसफाइ अभियानमा न्युयोर्क स्टेट एसेम्बेली मेम्बर काटालिना क्रुज र सिटी काउन्सिलर ड्यानियल ड्रोम पनि सहभागी थिए । सरसलाइ सकिएपछि सहभागीहरू डाइभर्सिटी प्लाजामा जम्मा भएका थिए । त्यहाँ आयोजिक एक संक्षिप्त कार्यक्रममा आयोजकले पाहुना तथा सहभागीलाई धन्यवाद दिएका थिए । 

 

 

 

 

 

 

प्रकाशित मिति: : 2019-09-16 01:42:57

प्रतिकृया दिनुहोस्