मेक्सिकोको खालिस्को प्रान्तमा टुक्राटुक्रा पारेर इनारमा पुरिएका ४४ वटा शवको पहिचान

तस्बिरः एजेन्सी

काठमाडौं । मेक्सिकोका विधिविज्ञानविज्ञहरूले खालिस्को प्रान्तमा एउटा इनारमा पुरिएका ४४ वटा शवको पहिचान भएको बताएका छन्।ग्वादलहार नगरबाहिर ११९ वटा काला झोलामा हालेर पुरिएको अवस्थामा मानव अवशेष भेटिएको थियो।

स्थानीय बासिन्दाले सो स्थानबाट दुर्गन्ध आएको गुनासो गरेपछि त्यहाँ मानव अवशेष पुरिएको थाहा भएको थियो। अधिकांश शवहरूलाई टुक्राटुक्रा पारेर काटिएको थियो।शव पहिचान गर्न ती टुक्राहरूलाई जोड्नुपरेको थियो।

खालिस्को प्रान्तमा लागुपदार्थको कारोबार गर्ने आपराधिक समूहहरू सक्रिय छन्। यो वर्ष यसअघि पनि त्यस्ता शव पुरिएको अवस्थामा फेला परेका थिए।

प्रकाशित मिति: : 2019-09-15 17:23:03

प्रतिकृया दिनुहोस्