अमेरिकाको बाल्टिमोरबाट नेपाली समुदायका लागि अर्को एक दु:खद खबर आएको छ ।
स्थानीय ओइङ्ग मिल्समा बस्दै आएका ३७ वर्षीय कपिल पौडेल मृत अवस्थामा भेटिएका छन् ।
अमेरिकी समयअनुसार कामबाट बुधबार बिहानै घर फर्केका उनी आफ्नै ओछ्यानमा मृत अवस्थामा भेटिएका थिए ।
आत्महत्या गरेको हुन सक्न आशंका गरिए पनि यसै भन्न सकिएको छैन ।
उनको शव पोष्टमार्टमका लागि प्रहरीले लिएर गएको बताइएको छ ।
काठमाडौं बालाजुका कपिल कृष्णचन्द्र र शर्मिला पौडेलका कान्छा छोरा थिए ।
उनको केही समय अगाडि मात्र विवाह भएको थियो । उनकी श्रीमती निशा नेपालमै रहेको पारिवारिक सूत्रले बताएको छ ।