अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पहिलो कार्यकालको तीन वर्षमा फेरेका राष्ट्रिय सुरक्षा सल्लाहकारको संख्या तीन पुगेको छ ।
उनले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई मंगलबार पदमुक्त गरेपछि यो संख्या तीन पुगेको हो ।
उनले बोल्टनसँग असहमत रहेका कारण राजीनामा माग गरेको ट्वीटमार्फत् बताएका थिए तर बोल्टनले भने आफूले नै राजीनामा गरेको बताए ।
बोल्टनलाई राष्ट्रपति ट्रम्पले सन् २०१८ मा राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका थिए ।
पछिल्लो समय उनले अफगानिस्तानदेखि इरानसम्मका विभिन्न विषयका चुनौतीबारे राष्ट्रपति ट्रम्पसँग फरक मत राख्दै आएको बताइएको छ ।