खातामा आयो एक लाख २० हजार डलर : सुरू भयो 'उल्फाको धन फुपूको श्राद्ध'

रोबर्ट र टिफनी विलीअम्ज : 'उल्फाको धन फुपूको श्राद्ध' गरेपछि यस्तै हुन्छ !

अमेरिकामा ब्याङ्क खातामा झुक्किएर आएको एक लाख डलर खर्च गरेपछि एक दम्पति गम्भीर समस्यामा परेको छ ।

समस्यामा परेको दम्पति पेन्सेल्भेनिया राज्यको मन्टर्सभिलको रोबर्ट र टिफनी विलीअम्ज दम्पति रहेको बताइएको छ । 

गत मे ३१ मा बीबी एन्ड टी ब्याङ्कले उनीहरूको खातामा त्रुटिवश एक लाख २० हजार डलर रकम जम्मा गरेको थियो । पेन्सेल्भेनियाको एक स्थानीय लगानी फर्मलाई पठाउन लागिएको पैसा उनीहरूको खातामा पुगेको थियो ।

एकहजार मात्र खातामा रहेको रोबर्ट र टिफनी विलिअम्ज दम्पतिको खातामा त्यति बढी पैसा आएपछि उनीहरूले केही महँगा कार र घरमा प्रयोग हुने सामान किने । साथीलाई सहयोगस्वरूप १५ हजार डलर पनि दिन भ्याए ।  

बैंकले जुन २० मा उनीहरूको खातामा पैसा गएको पत्ता लगाइसक्दा एक लाख सात हजार डलर खर्च गरिसकिएको थियो । 

रोबर्ट र टिफनी दम्पतिलाई चोरी गरेको र चोरीको सामग्री लिएको अभियोग लगाइएकोमा उनीहरू धरौटीमा छुटेका छन्।

 

प्रकाशित मिति: : 2019-09-11 00:01:38

प्रतिकृया दिनुहोस्