राष्ट्रपति ट्रम्पको नयाँ ग्रिनकार्ड-भिसा नीतिले कसलाई असर गर्छ ?

राष्ट्रपति ट्रम्प : अरूलाई असर गर्ने कुरा हैन, अमेरिका र अमेरिकीको हितको कुरा । ब्रेक एन लिंक्स ग्राफिक्स ।

अमेरिकामा अक्टोबर १५ दखि लागु गर्ने गरी ल्याउन लागिएको नयाँ भिसा तथा ग्रिनकार्ड नीतिले अमेरिकामा रहेका कम आय भएका आप्रवासी प्रभावित हुने भएका छन् ।

नयाँ नीतिले अमेरिकामा भिसा अवधि लम्ब्याउन, ग्रीन कार्ड तथा नागरिकताका लागि निवेदन दिएका कम आय भएका आप्रवासी प्रत्यक्ष रूपमा प्रभावित हुनेछन् । एक वर्षभन्दा बढी समय फुडस्ट्याम्प, मेडिकेड र सार्वजनिक आवासलगायतका सरकारी सहुलियत लिएकालाई यो नीतिले असर पुर्याउने छ । 

'पब्लिक चार्ज रुल' नाम दिइएको नयाँ नीतिले स्थायी बासिन्दाको हैसियत पाइसकेका आप्रवासी, शरणार्थी वा शरणका लागि निवेदन दिएकालाई नयाँ नीतिले असर पुर्याउने छैन । 

नयाँ नीतिले आम्दानीको स्तर भेट्टाउन नसक्ने जो सरकारी सुविधामा निर्भर हुनुपर्ने हुन्छ उनीहरूलाई भविष्यमा अमेरिका भित्रन रोक्न सक्नेछ भने अमेरिकामा रहिरहेकाको निवेदन अस्वीकृत हुन सक्छ ।

अमेरिकामा नागरिकता बिना बसिरहेका अनुमानित दुई करोड २० लाख मानिस नयाँ नीतिबाट प्रभावित हुन सक्ने अनुमान गरिएको छ । 

यो पनि हेर्नुहोस् 
राज्यबाट उपेक्षित दार्चुलाको कथा–१

 

यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो प्रशासनले ल्याउन लागेको नयाँ नीतिको वचाउ गरेका छन् । उनले एक वक्तव्य जारी गर्दै अमेरिकी नागरिकको हित सुरक्षा गर्न आप्रवासी आर्थिक रूपमा आफैँ सबल हुनैपर्नै बताएका छन् ।

तर, आप्रवासी अधिकारकर्मीहरूले भने ट्रम्प प्रशासनको नयाँ नीतिले कम आय भएका आप्रवासीलाई अन्यायपूर्ण ढङ्गले निसानामा पार्ने जनाएका छन् । उनीहरूले यो नीतिविरूद्ध अदालतको ढोका ढकढकाउने पनि बताएका छन् ।

 

प्रकाशित मिति: : 2019-08-13 08:45:31

प्रतिकृया दिनुहोस्