अमेरिकामा फेरि अर्को एक मास सुटिङको घटना घटेको छ । घटना टेक्सास राज्यको अल्पासोमा घटेको हो । शनिबार एक सपिङ कम्प्लेक्समा भएको मास सुटिङमा कम्तिमा पनि २० जना मारिएका छन् भने २४ जना गम्भीर घाइते भएका छन् ।
आक्रमणको आशंकामा एकजना २१ वर्षीय श्वेत युवा पक्राउ गरिएका छन् । उनी एलन टेक्सासका प्याट्रियक क्रुसियस भएको बताइएको छ ।
क्रुसियसले शुक्रबार नै सामाजिक सञ्जालमा यस्तो घटना घटाउने चेतावनी दिइएको भेटिएको छ ।
उनको पोष्टलाई हेर्दा यो एक जातिवादी आक्रमण जस्तो देखिएको छ । प्रहरीले यसबारेमा अनुसन्धान भरहेको र अहिले नै निष्कर्षमा पुग्न नसकिने बताएको छ ।
मृतकहरूको सनाखत भैसकेको छैन । गम्भीर घाइतेको स्थानीय अस्पतालहरूमा उपचार भैरहेको छ ।