अमेरिकी राष्ट्रपति ट्रम्पको निशानामा १५२० नेपाली !

अमेरिका छोड्ने आदेश पाएर पनि लुकेर बस्ने १५२० नेपाली । कुन साल कति तथ्यांकमा । प्रतिकात्मक तस्बिर ।

अमेरिकाले यो शताव्दिमा अमेरिका छोड्न आदेश पाएर पनि नछोड्ने नेपालीको संख्या सार्वजनिक गरेको छ । उसको सरकारी तथ्यांकअनुसार सन् २००० देखि २०१७ को अन्तसम्ममा एकहजार पाँचसय २० नेपाली अमेरिका छोड्ने आदेश पाएर पनि अमेरिकामै लुकेर बसेका छन् । 

अमेरिकी राष्ट्रपटि डोनल्ड ट्रम्पले तत्कालका लागि आइस लगाएर पक्राउ गर्ने र अमेरिकाबाट नेपाल फर्काउने अधिकतम नेपालीको संख्या यति नै हो । उनले भनेअनुसार भएन भने दुई सातापछि यतिका संख्याका नेपालीलाई भने आइसले धरपपकड गर्न र भेटेमा नेपाल फिर्ता पठाउन सक्ने छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले यो सप्ताहान्तको आइतबारदेखि नै अमेरिका छोड्न आदेश पाएर पनि अमेरिकामै लुकिछिपी बसेका दुईहजार परिवारलाई पक्डेर उनीहरूकै देश फर्काउने घोषणा गरेका थिए । अमेरिकाका १० सहरमा लुकेर बसेका त्यस्ता कागजपत्रविहिन आप्रवासी उनको निशानामा थिए । तर, उनले शु्क्रबार आफ्नो निर्णयमा पुनर्बिचार गर्दै दुई साताका लागि त्यस्तो कारबाही स्थगित गरिदिएका छन् । 

राष्ट्रपति ट्रम्पको निर्णयबाट प्रभावित हुने अधिकतम् नेपालीको संख्या एकहजार पाँच सय २० भए पनि करिव एकहजारको संख्याले टीपीएस लिइसकेको अनुमान गरिएको छ । नेपालका लागि सन् २०२० को मार्च २४ सम्म टीपीएस कायम रहने भएकाले त्यो समयसिमासम्म उनीहरू सुरक्षित रहने छन् । त्यसपछि भने उनीहरूलाई कुनै पनि समय पक्राउ गरेर नेपाल फर्काउन सकिने छ । तर, टीपीएस नलिएकाको हकमा भने कुनै पनि बेला उनीहरू आइसको निशानामा पर्न सक्छन् । 

प्रकाशित मिति: : 2019-06-25 04:20:41

प्रतिकृया दिनुहोस्