न्युयोर्कमा उद्धार गरिएका 'होमलेस' नेपालीका लागि २२१ मनकारीले दिए ५,४३९ डलर

यी नेपालीलाई नेपाल पठाउन उठ्दैछ अमेरिकामा सहयोग : मन खोलेर सहयोग गर्दैछन् मनकारी नेपालीहरू । तस्बिर : गोफण्डमी

अमेरिकाको न्युयोर्कको ज्याक्सन हाइट्सस्थित सेभेन ट्रेन स्टेशनबाट उद्धार गरिएको एक बेवारिसे नेपालीका लागि मनकारीहरूले मन खोलेर सहयोग गरेका छन् । 

यो समाचार तयारी पारिरहेको बेला दुईसय २१ मनकारीले पाँचहजार चारसय ३९ अमेरिकी डलर सहयोग गरिसकेका छन् । ६हजार डलरको लक्ष्य राखेर खोलिएको गो फण्ड मी लक्ष्य पहिलो दिन नै पूरा हुने संकेत देखिएको छ ।  

यो रकम सेवा नै धर्म हो शीर्षक दिएर सञ्चालन गरिएको फो फण्डमी अभियानबाट उठेको हो । 

उनलाई उद्धार गरर्ने न्युयोर्कका सोनाम घिसिङ,  किरण नगरकोटी र राजन गुरुङले यो अभियान सञ्चालन गरेका हुन् । सहयोग उठेपछि एक साताभित्रै उनलाई नेपाल पठाउने ब्यबस्था मिलाउने भनिएको छ ।

एनआरएन अमेरिकाका तर्फबाट महासचिव बाबुराम (बीआर) लामाले एक प्रेस विज्ञप्ती जारी गरेर सहयोगका लागि आव्हान गरेका छन् । तर, सहयोग दिनेमा एनआरएनका अध्यक्षलगायतका ठूला नाम देखिएका छैनन् । 

नेपालको पोखरा घर बताइएका अन्दाजी ४० वर्षका क्षेत्री थरका उनी अमेरिकाको मेरिल्याण्डमा बस्दै आएको बताइएको छ । न्युयोर्कको ज्याक्सनहाइट्समा एकजना नेपाली युवाले नै मरणासन्न हुनेगरी कुटेपछि मानसिक सन्तुलन गुमाएका उनीसँग पासपोर्ट छ,  सोसल सेक्युरिटी कार्ड र स्टेट आईडी केही पनि नभएको बताइएको छ । 

कस कसले कति दिए सहयोग ? यस लिंकमा गएर हेर्न सकिन्छ ।

https://www.gofundme.com/f/sewa-nai-dharma-ho?fbclid=IwAR33GAk3H15zs7F21ijDZ7kWeklNL6EQHh7X9YIY13fuetyJ6xo8EeVH9Ek

प्रकाशित मिति: : 2019-06-22 05:37:26

प्रतिकृया दिनुहोस्