अमेरिकाले मेक्सिकोसँग जुन ७ मा गरेको सहमतिको उल्टो गणनाक्रम सुरू भएको छ ।
सहमतिमा ४५ दिनभित्र मेक्सिको हुँदै अमेरिका आउने कागजपत्रविहिन आप्रवासीको प्रवाह रोक्न नसके मेक्सिको शरणार्थी मामिलामा 'सुरक्षित तेस्रो मुलुक' बन्न राजी भएको छ ।
यो प्रावधानअनुसार मेक्सिको हुँदै अमेरिकामा शरण लिन जानेहरूले मेक्सिकोमै आवेदन दिनुपर्ने हुन्छ।
अमेरिकी राष्ट्रपति ट्रम्प सुरूदेखि नै यही चाहिरहेका थिए । पछिल्लो सहमतिले उनको यो चाहना पूरा मात्र भएको छैन, अमेरिकाको हात पनि माथि परेको छ ।
यसैबीच मेक्सिकोले नै सहमतिको पूर्णपाठ पनि बाहिर ल्याएको छ ।