चिनियाँ सामानमाथि हालै गरिएको करवृद्धिको प्रतिकार नगर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्। वासिङ्टनले गत हप्ता दुई खर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमाथि यसअघि लगाइएको १० प्रतिशत कर वृद्धिलाई २५ प्रतिशतसम्म बढाउने निर्णयप्रति चीन तत्काल बदलामा उत्रिनुले दई देशबीचको सम्बन्धमा समस्या आउनसक्ने चेतावनी दिएका हुन्।
ट्रम्पले ट्वीटरमार्फत लेखेको एक सन्देशमा भनिएको छ, ‘चीनले कर वृद्धिको प्रतिकार गर्नु हुँदैन। यसले सम्बन्धलाई थप समस्यामा धकेल्ने छ।’
..There will be nobody left in China to do business with. Very bad for China, very good for USA! But China has taken so advantage of the U.S. for so many years, that they are way ahead (Our Presidents did not do the job). Therefore, China should not retaliate-will only get worse!
— Donald J. Trump (@realDonaldTrump) May 13, 2019
अमेरिका–चीनबीच भएको दुई दिन लामो व्यापार वार्तापछि अमेरिकाले गत शुक्रबार चिनियाँ सामानमाथि करवृद्धि गरेको थियो।
करवृद्धिका वाबजुद चीन र अमेरिकाबीच व्यापारसम्बन्धमा गत वर्षदेखि देखिएको तनाब अन्त्य गर्न केही महिना यता वार्ता चलिरहेको छ र वार्ताले निरन्तरता पाउने दुबै पक्षले बताउँदै आएका छन् ।