एकातिर अदालतमा परेको मुद्दा र अर्कोतिर चुनावको पूर्वसन्ध्यामा अध्यक्ष पदमा उठेका एकजना उमेद्वारमाथिको छानविन प्रकरणले एनआरएन अमेरिकाको चुनाव अन्यौलमा परेको छ। यही मे १९ र २० मा गरिने भनिएको निर्वाचनका बारेमा अघिल्लो हप्ता एनआरएन अमेरिकाका पूर्वउपाध्यक्षसमेत रहेकी रविना थापाले चुनाव रोकिनुपर्ने भन्दै अदालतमा मुद्दा दायर गरेपछि अन्यौल शुरु भएको थियो।थापाले पूर्वघोषित चूनाव रोकेर नयाँ मिति तय गनुपर्ने, नयाँ निर्वाचन कमिटि गठन गर्नुपर्ने, सदस्यता वितरणको म्याद थप्नुपर्नेलगायतका माग राख्दै मुद्दा दायर गरेकी थिइन्।आफ्ना श्रीमान नारायण थापाको सहयोगमा एनआरएन अमेरिका, एनआरएन उत्तर अमेरिका, निर्वाचन कमिटिसमेतलाई विपक्षी वनाई गरिएको उजुरीउपर अदालतले जवाफको लाई एनआरएनलाई भनिसकेको छ।७ दिनको म्याद दिएको भनेपनि यो विषयमा आगामी १३ तारिखका दिनसम्म आफ्नो जवाफ लेखेर पठाउने तयारी भैरहेको जानकारी एनआरएन अमेरिकाले दिएको छ ।
यता अध्यक्ष पदका एकजना उमेद्वार सुनिल साहको उमेद्वारीको विषयलाई लिएर उत्तर अमेरिकाका संयोजक गौरी जोशीले छानविन कमिटी गठन गरेको समाचार वाहिर आएपछि निर्वाचन थप अन्यौलग्रस्त भएको छ।अध्यक्ष पदका अन्य दुई उमेद्वार सूर्य लम्साल र सन्जय थापाले सदस्यता वितरणको क्रममा सर्भर डाउन गरेको आरोप लगाउदै आईसिसीलाई उजुरी गरेपछि आईसिसीले संयोजक जोशीलाई विवाद सुल्झाउन अनुरोध गरे अनुसार कमिटि गठन गरिएको संयोजक जोशीले वताए।
उमेद्वारको विषयमा उमेद्वारले गरेको उजुरीको विषयमा अनुसन्धान गर्ने कुरा कति न्यायसंगत छ? भन्ने जिज्ञासामा संयोजक जोशीले भने, 'यो विषय अदालतमा परेको मुद्दासँग पनि सम्बन्धित भएकोले हामीले अनुसन्धान गरेका हौं, अनुसन्धानको आवश्यकता भएकाले नै यसो गरेका हौं। बाँकि रिर्पोटको आधारमा अगाडि वढ्छौं।' यो छानविनमा वर्तमान कार्यसमितिले सहयोग गरिरहेको छ त ?भन्ने प्रश्नमा यसमा सहयोग गर्नेभन्दा पनि निर्वाचनलाई अवरोध नगरौ भन्ने भनाई आएको वताए।त्यसो त आफुपनि निर्वाचनको पक्षमा रहेको दावी गर्दै जोशीले भने, 'अदालतमा मुद्दा पनि परेको छ तर पनि आफु निर्वाचन होस भन्ने पक्षमा छु।'
कार्यसमितिका बरिष्ठ उपाध्यक्षसमेत रहेका अध्यक्ष पदका उमेद्वार सुनिल साहले भने आफ्नो चरित्र हत्या गर्न चरणवद्ध षडयन्त्र भैरहेको वताए।गत आइतबार डलासमा आयोजित एक कार्यक्रममा आफुलाई वदनाम गर्ने उद्देश्यले एउटा जत्था प्रश्न सोध्न लगाउने तर उत्तर नसुनी एकोहोरो आरोप लगाउन उद्धत रहेकोमा रोषप्रकट गर्दै साहले भने- 'यसमा प्रतिश्पर्धी साथीहरु नै लागे।उनीहरुलाई चुनावमा पराजित भइन्छ भनेर डर भएर यसो गरेका हुन्।'
कार्यसमितिकै सदस्य रहेका अध्यक्ष पदका उमेद्वार संजय थापा स्वयं अर्का उमेद्वार सुर्य लम्सालसँग लागेर मेरो विरोध गर्नुको तुक नरहेको वताउदै यो पराजित मानसिकताको उपज भएको साहको आरोप छ। संस्थाको वेवसाइट निर्माण जिम्मा पाएका साहले छानविनको क्रममा सर्वर डाउन गरेको आरोप खेपिरहेका छन्।उनले आफूले काम सकेर सदस्यता वितरणपूर्व नै वेवसाइटको जिम्मा कार्यसमितिलाई दिइसकेको र कार्यसमितिले सदस्यता छानविन कमिटी गठन गरी सदस्यता वितरण तथा छानविन गरेकोले यसमा आफुलाई मुछ्नु अन्याय भएको वताए। 'उमेदवारी परेको वेला उजुरी नगरी अहिले उजुरी गर्नु चुनाव हारिन्छ भन्ने डर हो र संस्थाप्रतिको अविश्वास हो', उनले थपे।
अदालतमा पनि मुद्दा दर्ता भैसकेको छ। जवाफ पठाउन १३ तारिखभित्र अदातले म्याद तोकेको वेला चुनाव हुन्छ, भन्ने जिज्ञासमा साहले भने, 'मुद्दामा समावेस कुराहरु गम्भीर खालका छैनन र साधारणसभाबाट बनेको कार्यसमितिको विघटन पनि सम्भव छैन। निर्वाचनको वेला थोरै खैलावैला हुनु स्वभाविक हो तर चुनाव हुन्छ।'
यता अध्यक्ष पदकै उमेद्वार सूर्य लम्सालले भने निस्पक्ष हुने सुनिश्चित नभएसम्म निर्वाचनमा भाग लिनु नलिनुको अर्थ नरहेको वताए। आफुलाई यसअघि नै निर्वाचन कमिटी निस्पक्ष नरहेको विषयमा धेरै गुनासो आएको र वर्तमान अध्यक्षलाई जानकारी गराउदा गम्भीररुपमा नलिएको वताउदै लम्सालले भने, “अध्यक्ष पदका एकजना उमेद्वारमा नै सर्भर डाउनको आरोप लागिसकेको अवस्थामा निर्वाचन कसरी निस्पक्ष हुन्छ? मिति सारेर भएपनि निर्वाचन गराउनुपर्छ ।”
आफु निर्वाचनको पक्षमा रहेको र निर्वाचनको परिणाम पनि आफ्नै पक्षमा आउने दावी गर्दै लम्सालले निर्वाचनको परिणाम पारदर्शी हुने कुरामा भने आफु सशंकित रहेको बताए।निर्वाचन हार्ने डरले तपाईले निर्वाचनप्रति शंका गरेको आरोप छ नि ? भन्ने प्रश्नमा लम्सालले भने, 'जताततै मेरै चर्चा छ, कसरी हार्ने र ? बरू मैले चुनाव जित्छु भनेर भअरु डराएका हुन सक्छन्।'
सर्वर डाउनको विषयमा कार्यसमितिका सदस्यसमेत रहेका अध्यक्षका उमेद्वार संजय थापाले पनि छानविन हुनुपर्ने वताएका छन्।तर, यो विवाद थापासहितको संलग्नतामै यसअघि नै टुग्याँइसकेको वर्तमान अध्यक्ष डा केशव पौडेलको भनाइ छ । निर्वाचन कमिटीले आफ्नो काम अन्तिम चरणमा पुर्याई सकेको अवस्थामा निर्वाचनलाई निर्वाधरुपमा सम्पन्न गर्नको लागि सवैको सहयोगी भूमिको आवश्यकता रहेको उनको भनाई छ। निर्वाचनको विषयमा निर्वाचन कमिटी प्रमुखको भनाई राख्ने हाम्रो प्रयास भने सफल हुन सकेन।