फेक इन्काउन्टर प्रमाणित भएपछि अमेरिकी प्रहरीलाई २० मिलियन डलर जरिवाना

अमेरिकाको मिनियापोलिस सहरको प्रहरीले एक महिलाको मृत्युका लागि २० मिलियन डलर क्षतिपूर्ति तिर्नु पर्ने भएको छ ।

सन् २०१७ मा एक प्रहरीको गोलीबाट अस्ट्रेलियन महिला जस्टिन रुसजाइक डेमंडको मृत्यु भएकोमा मृत महिलाको परिवारलाई त्यो रकम तिर्नु परेको हो। गोली चलाउने प्रहरी  अधिकृत मोहम्मद नूर दोषी ठहर भए पछि यो कीर्तिमानी जरिवाना तोकिएको हो।

अस्ट्रेलिया र अमेरिका दुवै देशको नागरिकता भएकी जस्टिन प्रहरी अफिसर नूरको गाडी नजिक जाँदै थिइन् । जस्टिनले प्रहरीलाई आफ्नो घरपछाडि खराब काम भएको सुचना दिन चाहन्थिन्।यस क्रममा प्रहरी नूरले हतियार बोकेको भन्दै महिलामाथि गोली चलाएका थिए। 

अस्ट्रेलियाको सिड्नीमा जन्मेकी जस्टिन योग शिक्षिका थिइन्। पछिल्लो समयमा उनी आफ्नो ‘बाइफ्रेन्ड’ डान्न डेमंडसँग विवाह गरी मिनियापोलिस सहरमा बस्दै आएकी थिइन् । 

यसैबीच महिलाको परिवारले पाउने क्षतिपूर्तिमध्ये तीन मिलियन डलर अबैधानिक हतियार नियन्त्रणका लागि दान दिने भएका हुन् । 

प्रकाशित मिति: : 2019-05-06 04:11:27

प्रतिकृया दिनुहोस्