एनआरएन अमेरिकामा आइसीसीले खटायो प्रतिनिधि: संस्थापन पक्ष रूष्ट

गैरआवासीय नेपाली संघ अमेरिकाको निर्वाचन प्रक्रियाको सुपरीवेक्षण गर्न आइसीसी सदस्यद्वय वेदराज बस्न्यात र बन्दना कोइरालालाई खटाइएको छ। उनीहरूलाई गैरआवासीय नेपाली संघ उत्तर अमेरिका संयोजक गौरी जोशीले एनआरएन आइसीसीका तर्फबाट प्रतिनिधि खटाएका हुन्। 

चुनाव स्थगित गर्नका लागि टेनेसी कोर्टमा मुद्दा परेको समेतलाई ध्यानमा राखी सबै किसिमका समस्याहरूलाई सम्बोधन गर्न आवश्यक मार्गप्रशस्त गर्नेसम्मको अधिकार प्रतिनिधिद्वय बस्नेत र कोइरालालाई दिइएको छ।

एनआएएन आईसीसीका उत्तर अमेरिका संयोजक जोशीका अनुसार आईसीसीका तर्फबाट पठाइएका प्रतिनिधिले सदस्यहरूको भेरिफाइड डाटा निर्वाचन गर्ने भेण्डरसम्म पुगुन्जेलसम्म डाटाको ओभर सी गर्ने, निर्वाचन प्रक्रियालाई ओभरसाईट गर्ने, त्यहाँ नीति नियमको फलो गरिएको छ की छैन भनेर हेर्ने काम गर्नेछन्।

आईसीसीले प्रतिनिधि खटाएको संस्थापन पक्षलाई त्यति रूचिकर लागेको छैन।यसबाट रविना थापा र उनका श्रीमान् नारायण थापाले दिएको मुद्दालाई मान्यता मिलेको उनीहरूको धारणा छ। उनीहरूले खुलेर यसको विरोध नगरे पनि यसलाई आईसीसीको हस्तक्षेपकै रूपमा लिएका छन्। 

एनआरएन अमेरिका सबैको बनोस् भन्न चाहने पक्ष आईसीसी आमन्त्रण गर्ने पक्ष यसको लागि जिम्मेवार ठान्छ। उनीहरूका अनुसार यो आईसीसीको आमन्त्रण सुखद पक्ष हैन। तर, यसलाई अवसरका रूपमा लिएर सबै समेटिएर जानसक्ने वातावरण बनाउँन उपयोग गर्नुपर्ने उनीहरूको धारणा छ। 

 

प्रकाशित मिति: : 2019-05-04 00:02:34

प्रतिकृया दिनुहोस्