राष्ट्रपति ट्रम्प औसतमा दिनको २३ झुट बोल्छन् !

राष्ट्रपति ट्रम्पले पनि सत्य बोल्ने सपथ लिएका थिए तर .... । तस्विर : एपी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पछिल्लो समय हरेक दिन औसतमा २३ झुट बोल्दैआएको अनौठो तथ्य सार्वजनिक भएको छ। ससाना कुराका लागि सत्य बोल्छु, झुटो ठहरिए सजायको भागीदार बन्छु भन्ने कबुलियतनामा गराइने देशका राष्ट्रपति नै यति धेरै झुट बोल्छन् भने पत्याइ नसक्नु छ। तर, यो सत्य हो कि अमेरिकी अखबार वासिङ्टन पोस्टको फ्याक्ट चेकिङ वेबसाइटले यस्तै तथ्यांक सार्वजनिक गरेको छ।

वेबसाइटका अनुसार राष्ट्रपति ट्रम्पलाई पहिलो पाँच हजार झुठ बोल्न ६०१ दिन लाग्‍यो। त्यतिबेला उनले औसतमा दिनको आठवटा झुठ बोलेका थिए। तर पछिल्ला ५ हजार झुठ बोल्न उनलाई दुईसय २६ दिन मात्र लाग्यो। यो अवधिमा उनले प्रत्‍येक दिन २३ झुठ बोल्न भ्याए। 

उनले अप्रिल २६ सम्ममा १० हजार झुठ बोलिसकेको बताइएको छ।

राष्ट्रपति ट्रम्प सामान्य कुरादेखि अहम् महत्वका कुरामा पनि तथ्यहरूसँग खेल्छन्। पछिल्लोपटक उनले श्रीलंका  आक्रमणमा मारिनेहरूको संख्या १.३८ मिलियन भनेर ट्विट गरेका थिए। जबकि मर्नेहरूको संख्या त्यतिबेला १३८ पुगेको थियो ।

झुटो बोल्ने तर त्यो स्वीकार नगर्ने राष्ट्रपति ट्रम्पको पुरानो बानी हो। त्यसैले  वासिङटन पोस्टले  फ्‍याक्ट चेकर डाटा बेस बनाएरै राष्ट्रपतिको बोलीको निगरानी गर्दै आएको छ।

प्रकाशित मिति: : 2019-05-02 09:06:05

प्रतिकृया दिनुहोस्