सन् २०२० को चुनाव जति जति नजिकिदै छ, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प आप्रवासीप्रति उति उति नै कठोर हुदैछन् ।
यही क्रममा उनले अमेरिकामा विभिन्न गैरआप्रवासी भिसामा प्रवेश गरेर ओभरस्टे बस्नेहरूका विरूद्ध कारवाहीका लागि निर्देशनात्मक मेमो जारी गरेका छन्।
भिसा सकिएपछि पनि अमेरिका नछाड्नेहरुमाथि कारवाहीका लागि राष्ट्रपति डोनाल्य ट्रम्पले लडाईको नयाँ अध्याय सुरुवात गरेका छन् । सोमबार ट्रम्पले अमेरिकामा ओभरस्टे हुनेहरुमाथि
होमल्याण्ड सेक्युरिटी र स्टेट डिपार्टमेन्टका सेक्रेटरीका नाममा जारी गरेको मेमोमा ओभरस्टे हुनेलाई कारवाही गर्न चार महिनाभित्र योजना पेश गर्न आदेश दिइएको छ।
राष्ट्रपति ट्र्म्पले धेरै व्यक्ति ओभरस्टे हुने देशका नागरिकलाई भिसा नदिनेसम्मका योजना पेस गर्न सम्बन्धित सेक्रेटरीलाई सुझाएका छन्।
अमेरिकामा ओभरस्टे बस्ने गैरआप्रपासीको संख्या एक वर्षमै १२ लाख नाघेपछि ट्रम्प नाराज भएका छन्। आर्थिक वर्ष २०१७ मा अमेरिकामा यतिका संख्यामा ओभरस्टे भएको वार्षिक प्रतिवेदन केही मसय अघि होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टले सार्वजनिक गरेको थियो।