अन्तरिक्ष केन्द्रमा पुग्यो नेपाली फुच्चे स्याटलाइट: जुलाई २३ सम्म त्यही 'स्टोरेज'

अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाका अनुसार अमेरिकी पूर्बीसमयअनुसार शुक्रबार विहान ४ बजे झण्डै एक किलोको नेपास्याट १ त्यहाँ पुगेको हो।

नेपास्याट १लाई एन्टोरस नामको अन्तरिक्ष यानमा राखेर सिग्नस कार्गो बिमानले त्यहाँ पुर्याएको हो। 

नेपाली स्याटलाइटसहितको अन्तरिक्ष यान शुक्रबार विहान साढे ५ बजे त्यहाँ रहेकी अन्तरिक्ष यात्री एनी म्याक्लिनले विशेष रोबोटिक आर्मको प्रयोग गरेर नियन्त्रणमा लिएकी थिइन्। 

नासाका अनुसार एन्टोरसलाई अन्तरिक्ष स्टेसनको युनिटी मोड्युलमा स्थापित गरिएको छ। यसको अर्थ नेपालको फुच्चे स्याटलाइट पनि अहिले त्यही स्टोर गरिएको छ। 

जुलाई २३ सम्म त्यही रहने अन्तरिक्ष यानले स्टेसन छाडेर जाने बेला बल्ल क्युबस्याटहरु अन्तरिक्षमा छाड्नेछ।त्यही बेला मात्र हाम्रो फुच्चे स्याटलाइट अन्तरिक्षमा विचरण गर्ने हो।

नेपाली जाति भावनामा बग्ने भएकाले यो सानै उपलव्धीलाई पन महान उपलव्धी ठानेर हर्ष बढाइ गरिएको छ। यद्यपि अमेरिकी राजदूताबासको भनाइलाई सापट लिएर भन्दा 'सानो तर महत्वपूर्ण उडान!' ले नेपालका लागि अन्तरिक्ष यात्राको ढोका खुलेको छ।  

 

प्रकाशित मिति: : 2019-04-20 04:25:43

प्रतिकृया दिनुहोस्