आफ्नै समाचारकक्षमा गोली काण्ड भएको समाचार प्रकाशित गरे वापत ‘पुत्लिजर पुरस्कार’

अमेरिकाको एक स्थानिय समाचारपत्रले आफ्नै समाचार कक्षमा भएको गोली काण्डको समाचार प्रकाशित गरे वापत यस वर्षको प्रतिष्ठित पुत्लिजर पुरस्कार प्राप्त गरेको छ।

अमेरिकी पत्रकारिताको इतिहासमै सबैभन्दा प्रतिष्ठित मानिएको उक्त पुरस्कार प्राप्त गर्दा मेरिल्याण्डस्थित सो पत्रिकाको मुख्यालयमा भने कुनै खुसीयाली छाएको थिएन।

क्यापिटल ग्याजेट पत्रिकाको कार्यालयमा सो खवर प्राप्त भएपछि त्यहाका पत्रकारहरूले अफ्ना मृतक साथीहरूको सम्झना गर्दै एक अपसमा अंकमाल गरेका थिए।

गत वर्षको जुन महिनामा एकजना बन्दुकधारी पत्रिकाको कार्यालयमा प्रवेश गरि अन्धाधुन्ध गोली चलाउँदा त्यहा काम गरिरहेका पाँच पत्रकारको ज्यान गएको थियो।

मेरिल्याण्डको एनापोलिसमा रहेको क्यापिटल ग्याजेट पत्रिकाले अफ्ना पत्रकारमाथि आफ्नै कार्यालयमा आक्रमण भइ हत्या गरिदा समेत हिम्मत नहारी सोही समाचार प्रकाशित गरेबापत पुत्लिजर विशेष पुरस्कार प्रदान गरिएको हो। साथै पुत्लिजर पुरस्कार समितिले पत्रिकालाइ प्रोत्साहनस्वरूप थप एक लाख अमेरिकी डलर पुरस्कार दिने निर्णय पनि गरेको छ।

आक्रमणमा पत्रिकाका पाँच कर्मचारी कार्यालयमै मारिदा पनि पत्रिका भोलिपल्ट निर्धारित समयमै प्रकाशित भएको थियो। सो पत्रिकाप्रति नकारात्मक धारणा राख्दै आएको एक व्यक्तिले कार्यालयमा प्रवेश गरि गोली चलाएको थियो।

यसैगरी गत वर्षको अक्टोवर महिनामा ११ जनाको ज्यान जाने गरी पेन्सिलभेनियामा भएको आक्रमणको समाचारको ब्रेकिङ समाचार दिएवापत द पिटर्सवर्ग पोष्ट ग्याजेटले पनि पुत्लिजर पुरस्कार प्राप्त गरेको छ। पुत्लिजर पुरस्कार प्राप्त गर्ने अन्य पत्रिकमा गत वर्ष फेब्रुअरीमा साउथ फ्लोरिडाको एक विद्यालयमा १७ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डको समाचार लेख्ने सन सेन्टिनेल र राष्ट्रपति ट्रम्पको कर छलीसम्बन्धि समाचार र सम्पादकीय लेख्ने द न्यूयोर्क टाइम्स पनि रहेका छन्।
द वाल स्ट्रिट जर्नल भने राष्ट्रपति ट्रम्पले चुनावी अभियानताका आफ्ना दुईजना पूर्वप्रेमिकालाई पैसा खुवाएर चुप लाग्न वाध्य बनाएको समाचार प्रकाशित गरे वापत पुरस्कृत गरिएको छ।यसैगरी द वाशिङटन पोष्ट र रोयटर्स समाचार एजेन्सीले पनि पुत्लिजर पुरस्कार प्राप्त गरेका छन्।

प्रकाशित मिति: : 2019-04-16 18:25:50

प्रतिकृया दिनुहोस्