क्यानेडियन प्रधानमन्त्रीद्वारा नेपाली नयाँ वर्षको शुभकामना !

नेपालीहरूको नयाँ सम्बत २०७६ शुभारम्भको अवसरमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोयुले एक शुभकामना सन्देश दिएका छन्।

क्यानडा सरकार र क्यानडाबासीका तर्फबाट दिइएको शुभकामनामा उनले यो शुभकामना दिन पाउँदा आफू ज्यादै गौरवान्वित महसुस भएको बताएका छन्।

उनले यो नेपाली मुलका मित्र तथा परिवारलाई वितेको वर्षलाई प्रेम तथा पारस्परिक सम्मानका साथ सम्झन र आउँदो वर्ष थप उत्साह र आशाका साथ अगाडि बढ्न अभिप्रेरित गर्ने अवसरका रूपमा रहने उल्लेख गरेका छन्

क्यानडा निर्माण गर्नका लागि नेपाली क्यानेडियनद्वारा पुर्याएको उल्लेखनीय योगदानको पहिचान गर्ने अवसरका रूपमा लिने र त्यसको निरन्तरताको प्रतिवद्धता लिने अवसरका रूपमा नेपाली नयाँ वर्ष रहने पनि प्रधानमन्त्री ट्रुडोयुले आफ्नो शुभकामना मन्तव्यमा उल्लेख गरकाे छन्।

उनले यो अवसरमा सबैलाई विविधताको सम्मान गर्न र सबै मिलेर बस्न सक्ने एक अद्भूत देश बनाउँन सबैमा आव्हान पनि गरेका छन्। 

प्रकाशित मिति: : 2019-04-14 01:49:15

प्रतिकृया दिनुहोस्