अमेरिकी होमल्याण्ड सेक्युरिटीकी नम्बर २ द्वारा राजिनामा

तस्वीर: पोलिटिको

अमेरिकी गृहविभागकी नम्बर २ अधिकारी क्लेयर ग्राडीले राजिनामा दिएकी छिन्। गृहसचिव किर्स्जेन नेल्सनले राजिनामा दिएपछि उनको ठाउँमा हुनुपर्ने ग्राडीलाई पन्छाउँदै अमेरिकी भन्सार तथा सीमा सुरक्षा आयुक्त केभिन म्याकआलिननलाई नियुक्त गरेपछि असन्तुष्ट ग्राडीले राजिनामा दिएकी हुन्। 

गृहमन्त्रालयमा कार्यबाहक उपमन्त्री रहेकी ग्राडीले राष्ट्रपति ट्रम्पलाई राजिनामा दिएकी हुन्। उनको राजिनामा अप्रिल १० देखि लागु हुने बताइएको छ। 

राजिनामा दिइसकेकी गृहमन्त्री किर्स्जेन नेल्सनले ग्राडीको प्रशंसा गर्दै अद्वितीय र उत्तम सेवा गरेको सामाजिक संजाल ट्वीटरमा लेखेकी छिन् ।

प्रकाशित मिति: : 2019-04-10 07:51:40

प्रतिकृया दिनुहोस्