मे ४ र ५ मा हुने नेजा साधारणसभाका लागि तैयार हुदैछ ड्यालस

तस्वीर सौजन्य: शिव शर्मा

अमेरिकामा रहेका नेपाली पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १३औं साधारणसभा नजिकदैछ । आगामी मे ४ र ५ मा डलासमा हुने साधारणसभाको तयारीका लागि आइतबार ड्यालसमा तयारी भेला आयोजना गरिएको छ।

ड्यालस डेटलाइनमा पत्रकारिताभन्दा पनि सञ्चारकर्म गर्ने सञ्चारकर्मीहरुको उपस्थितिमा भएको तयारी भेला तयारीका लागि विभिन्न समितिहरु गठन गरिएको बताइएको छ।

नेजाका उपाध्यक्ष विकासराज न्यौपानेका अनुसार भेलाले अतिथि स्वागत सत्कार, यातायात, आवास, खानालगायतको व्यवस्थापनका लागि छुट्टाछुट्टै समितिहरू गठन गरिएका छन्।

नेजाका मध्य क्षेत्रीय संयोजक रामचन्द्र भट्टका अनुसार साधारणसभा सफल बनाउन होटल बुकिङलगायतका तयारीहरु युद्धस्तरमा भैरहेका छन्। उनले भने- साधारणसभामा अमेरिकाका विभिन्न राज्य र क्यानाडाका गरी डेढ सयको हाराहारीमा नेपाली मूलका सञ्चारकर्मिहरुको सहभागिता रहने अपेक्षा गरिएको छ। त्यही अनुसारको तयारी भैरहेको छ।
नेपालबाट नेपाल पत्रकार महासंघका प्रतिनिधिसँगै अग्रज पत्रकामहरूसमेत पाहुनाको रूपमा सहभागी हुने बताउँदै मध्य क्षेत्रीय संयोजक भट्टले एनआरनएको आसन्न निर्वाचनलाई मध्यनजर राखेर डिबेट कार्यक्रम समेत आयोजना गरिएको पनि बताए।

मध्य अमेरिकाको मिनी नपाल भनिने ड्यालसमा पहिलोपटक आयोजना हुन लागेको नेजाको साधारणसभा सभ्य एवं भव्य हुने अपेक्षा रहेको नेजाका उपाध्यक्ष विकासराज न्यौपाने बताउँछन् 

प्रकाशित मिति: : 2019-04-08 08:33:06

प्रतिकृया दिनुहोस्