नेपाली मुलका अमेरिकी नानीबाबु नेपाल जाँदा भिसा शुल्क : नेपालद्वारा ग्रेटिस भिसा रखारेज

अमेरिकी नागरिकता लिइसकेका १० वर्षभन्दा कम उमेरका नेपाली नानीबाबुहरूका लागि दिइने ग्रेटिस भिसा नेपालले खारेज गरिदिएको छ। अब उनीहरूले पनि ठुलो मान्छ सरह नै नि भिसा शुल्क तिर्नुपर्ने भएको छ। यसअघि उनीहरूले नेपालको निःशुल्क भिसा अर्थात ग्रेटिस पाउँदै आएका थिए। 

नेपालस्थित अमेरिकी दूतावासले भिसा आवेदनका क्रममा १० वर्षमुनिका नेपाली बालबालिकाबाट शुल्क लिँदै आएको बदलामा नेपालले पनि यो ग्रेटिस हटाएको हो। १० वर्षमुनिका नेपाली बालबालिकाबाट भिसा शुल्क नलिन नेपालले अमेरिकी दूतावासका अधिकारीसँग गरेको आग्रह अस्वीकार गरिएकाले भिसा पारस्परिकताका आधारमा नेपालले पनि भिसा शुल्क लिन थालेको हो। 

अध्यागमा विभागका महानिर्देशक ईश्वरराज पौडेलले ग्रेटिस रद्द गरिएको जानकारी दिदै भने-  'नेपाली बालबालिकालाई चाँहि ग्रेटिस भिसा दिन नसकिने  भएपछि हामीले  मात्र कायम राख्न मनासिव लागेन। त्यसैले नेपालले पनि ग्रेटिस खारेज गरिएको हो।

यसबाट नेपाली मुलका अमेरिकी नानीबाबुहरू मर्कामा पर्ने भए नि भन्ने प्रश्नको उत्तरमा महानिर्देशक पौडेल भन्छन्- अमेरिकाले सहमति नजनाएपछि हामीले पनि अमेरिकी बालबालिकाबाट भिसा शुल्क लिने निर्णय गर्नु पर्यो। यो हाम्ोर चाहनाले भन्दा पनि पारस्परिकता कायम राख्नुपर्ने बाध्यता हो।

 

 

 

प्रकाशित मिति: : 2019-04-04 07:19:42

प्रतिकृया दिनुहोस्