अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले 'भेनेजुयलामा गोप्यरूपमा रूसी सैनिकलाई प्रवेश गराएको' आरोप लगाउँदै अब अमेरिकाले टुलुटुलु हेरेर बस्न नसक्ने चेतावनी दिएका छन्।
उनले आफ्ना रूसी समकक्षी सेर्गेई लाभरोभलाई टेलिफोन गरी भेनेजुयलामा विकसित पछिल्लो राजनीतिक सङ्कटमा रूसी सैनिकको बढ्दो दवाबले त्यहाँको प्रतिपक्षी आवाजलाई कमजोर बनाउने काम वासिङ्टनका लागि सह्य नहुने बताएका हुन्।
भेनेजुयलाको तनावलाई रूसले थप उत्तेजित पार्न खोजे संयुक्त राज्य अमेरिका तथा क्षेत्रीय मुलुकहरू यसप्रति चुप लागेर नबस्न' भन्दै पोम्पेओले फोनमा लाभरोभलाई बताएको 'अमेरिकी विदेश मन्त्रालयले मङ्गलबार जारी विज्ञप्तिमा उल्लेख छ ।
भेनेजुयलाका ‘अवैधानिक’ राष्ट्रपति निकोलस मदुरोको प्रशासनलाई सघाउन गोप्यरूपमा रूसी सैनिक अधिकारी भेनेजुयला प्रबेश गरेकोले यसबाट भेनेजुयलाका जनता जसले ‘अन्तरिम राष्ट्रपति’हुँवा गुएइदोलाई समर्थन दिएको पोम्पेओले बताएका छन।
गुएइदोलाई अमेरिका तथा ल्याटिन अमेरिकी तथा युरोपेली केही मुलुकहरूको समर्थन रहेको छ भने मदुरोले चीन र रूसको समर्थन पाएका छन्। पोम्पेओले रूसलाई ‘गैर–रचनात्मक व्यवहार’ लाई रोक्न र गुएइदोलाई समर्थन गर्न आग्रह पनि गरेका छन्।