प्रचण्डलाई अमेरिकाको पछिल्लो अवस्थाबारे दूतावासमा ब्रिफिङ

तस्वीर: गंगा दाहालको फेसबुक

अमेरिकामा रहेका पूर्वप्रधानमन्त्री एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई वासिङ्टन डीसीस्थित नेपाली दूतावासमा स्वागत गरिएको छ।

परिवारका अन्य सदस्य बिना एक्लै दूतावास पुगेका उनलाई अमेरिकाका लागि नेपालका राजदूत अर्जुनकुमार कार्की तथा कार्यालयका कर्मचारीले स्वागत गरेका थिए।

स्वागत कार्यक्रममा राजदूत कार्कीले दूतावासको कार्य सम्पादनका बारेमा ब्रिफिङ गरेका थिए। उनले भ्रमणलाई लिएर अमेरिकी सरकार अत्यन्त सकारात्मक र सहयोगी रहेको जानकारी पनि अध्यक्ष प्रचण्डलाई दिए।

भ्रमणलाई लिएर विभिन्न कोणबाट सामाजिक सञ्जालमा आएका टीका टिप्पणीलाई मनिटरिङ गरिएको र आएका केही समाचारका बारेमा पनि ध्यान दिइएको बताइएको थियो।

पूर्वप्रधानमन्त्री एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीताको उपचारका लागि सोमबार अमेरिका आइपुगेका हुन्। पत्नी सीताको बाल्टिमोरस्थित जन हप्किन्स हस्पिटलमा उपचार सुरू भइसकेको छ। तर, उनको स्वास्थ्य अवस्थाका बारेमा भने अद्यावधिक जानकारी दिइएको छैन।

यो पनि हेर्नुहोस्

प्रचण्ड–सीता प्लेन संवाद

प्रकाशित मिति: : 2019-03-21 00:27:37

प्रतिकृया दिनुहोस्