अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सञ्चार निर्देशक बील शाइनले शुक्रबार राजीनामा दिएका छन्। फक्स न्यूजका पूर्व कार्यकारी समेत रहेका बील शाइन गत वर्ष मात्र राष्ट्रपतिको सञ्चार निर्देशकमा नियुक्त भएका थिए ।
ह्वाइट हाउसका अनुसार शाइनले अब रिपब्लीकन पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवारका लागि प्रचार समितिको रुपमा कार्य गर्नेछन् ।
Breaking News: Bill Shine, President Trump’s communications chief and a former Fox News executive, has resigned. He will work on the president’s campaign. https://t.co/HOQdXz1y0j
— The New York Times (@nytimes) March 8, 2019
राष्ट्रपति कार्यालयका सन्देशलाई अझ व्यवस्थित गर्ने अपेक्षा गरिए पनि राष्ट्रपति ट्रम्पले ट्वीट मार्फत ह्वाइट हाउसका सबैजसो महत्वपूर्ण सन्देशहरु प्रवाह गर्न थालेपछि शाइनको भूमिका गौण बनेको थियो ।
केही साता अघिदेखि नै ह्वाइट हाउसमा शाइनको भूमिकाबाट राष्ट्रपति बेखुस थिए। उत्तर कोरियाली नेतासँग भियतनामको हनोईमा सम्पन्न वार्ताका समयमा पनि शाइन भियतनाम गएका थिएनन्।
तर, ट्रम्पले एक वक्तव्य जारी गर्दै ह्वाइट हाउसमा सँगै काम गर्न नपाए पनि सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा सँगै कार्य गर्ने विश्वास व्यक्त गरेका छन्।