बेलायतमा 'बोजो'को बर्चश्व: होला त जनवरी ३१मा 'ब्रेक्जिट' ?

बेलायतमा बोजो : यसरी नीलो रातोमा बदलियो ! तस्बिर : एजेन्सी

बेलायतको मध्यावधि निर्वाचनको परिणाम सार्वजनिक भएको छ। घोषित परिणामअनुसार सत्तारूढ कन्जरभेटिव पार्टीले ३६५ स्थान जितेको छ भने प्रमुख प्रतिपक्षी लेबर पार्टीले २०३ स्थानमा चित्त बुझाउनु परेको छ । स्कटिस नेशनल पार्टी ४८, लिबरल पार्टी ११, ग्रिन् पार्टीले १ स्थान जितेका छन् भने २२ स्थान अन्यको खातामा गएका छन्। 

परिणाममा एक्जिट पोलभन्दा केही संख्यामा तलमाथि परे पनि अन्तत: दक्षिणपन्थी टोरी नेता बोरिस जोन्सनलाई ब्रेक्जिटका लागि स्पष्ट जनादेश मिलेको छ। 

बेलायतमा कन्जरभेटिव पार्टीले ३६५ र लेबर पार्टीले २०३ स्थानमा जितेका छन् । बाँकि स्थानमध्ये स्कटिस नेशनल पार्टी ४८, लिबरल पार्टी ११, ग्रिन् पार्टीले १ स्थान जितेका छन् भने २२ स्थान अन्यको खातामा गएका छन्। 

यसअघिको संसद उनलाई चाहिनेभन्दा बढी मात्रामा रातो भएकाले उनले चाहेर पनि बेलायतलाई युरोपियन युनियनबाट बाहिर निकाल्न सकेका थिएनन्। तर, अब उनलाई चाहेजस्चै गर्ने नीलो संसद मिलेको छ।

बोजोको बर्चस्व रहेको नीलो संसदले जनवरी ३१ मा बेलायतलाई युरोपियन युनियनबाट बाहिर निकाल्ने समय तोकेको छ । अब प्रश्न बाँकि छ, बोजोेले चाहेजस्तै बेलायत जनवरी ३१ मा युरोपियन युनिबयनबाट बाहिर होला त?

प्रकाशित मिति: : 2019-12-14 03:20:26

प्रतिकृया दिनुहोस्