बेलायतमा ब्रेक्जिटको पक्षमा भारी बहुमत, 'बोजो'लाई स्पष्ट म्यान्डेट

ठूलो बहुमतका साथ टेन डाउनिनस्ट्रिटमा फर्कदै बोरिस जोन्सन । तस्बिर : एजेन्सी ।

बेलायतमा विहिबार सम्पन्न निर्वाचनको परिणाम ब्रेक्जिटको पक्षमा गएको त्यहाँ गरिएका ठूला मत सर्भेक्षणहरूले देखाएका छन् । 

मत सर्भेक्षणमा प्रधानमन्त्री बोरिस जन्सनले नेतृत्व गरेको सत्तारूढ कन्जर्भेटिव पार्टीले ३६८ स्थानका साथ ठूलो बहुमत हासिल गर्ने अनुमान गरिएको छ । ६२७ स्थानका लागि भएको निर्वाचनमा प्रमुख प्रतिपक्षी लेबर पार्टी १९१ स्थानमा समेटिने प्रारम्भिक मत सर्भेक्षणहरूले देखाएका छन्। यसैगरी, स्कटिस नेशनल पार्टीले ५५ र लिबरल पार्टी १३ स्थानमा बिजयी हुने राजनीतिक पण्डितहरू बताइरहेका छन् । 

बोरिस जोन्सनको पक्षमा आएको ८६ स्थानको ठूलो बहुमतले उनलाई ब्रेक्जिट समस्या समाधान गर्ने म्यान्डेट मिलेको राजनीतिक टिक्काकारहरूले बताएका छन्। 

यसबाट बोरिस जोन्सनले समयअगावै चुनाव जान गरेको निर्णय सही ठहरिएको छ भने सत्तामा फर्कन सकिन्छ कि भन्ने आशमा उनको निर्णयसमा सहीछाप गर्ने लेबर नेतृत्वको निर्णय पार्टीका लागि गलत देखिएको छ। 

शुक्रबार विहानसम्ममा निर्वाचनको परिणाम आउने बताइएको छ । 

सामान्यत: बेलायतमा प्रत्येक चारदेखि पाँच वर्षमा आमचुनाव हुने हुने भए पनि यसपटक बितेको पाँच वर्षमा दोस्रोपटक चुनाव भएको हो । 

बर्तमान संसदको समीकरणबाट ब्रेक्जिट समस्याको हल नहुने नदेखिएपछि गत अक्टोबरमा ससंसदहरूले तत्काल अर्को आमचुनाव गराउने पक्षमा मतदान गरेका थिए। 

प्रकाशित मिति: : 2019-12-13 04:36:24

प्रतिकृया दिनुहोस्