फिनल्याण्डकी प्रधानमन्त्री बन्दै ३४ वर्षीया सान्ना मरिन

तस्बिर:एजेन्सी

फिनल्याण्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै कम उमेरकी प्रधानमन्त्री बन्ने भएकी छिन्।

फिनल्याण्डका पूर्व प्रधानमन्त्री आन्ती रिन्नेले राजीनामा दिएपछि सना मरिनलाई प्रधानमन्त्री बन्न लागेकी हुन्।

उनी सन् २०१५ मा संसद सदस्यको रुपमा निर्वाचित भएकी थिइन्। उनी पहिलो पटक सन् २०१९ मा नै सरकारमा सहभागी भएकी थिइन्।  सरकारको परिवहन तथा सञ्चार मन्त्री उनी बनेकी थिइन्।

उनले युक्रेनका प्रधानमन्त्री ओलेक्सी होन्चेरुकलाई पनि पछाडि पारेकी छिन्। होन्चेरुक ३५ वर्षमा प्रधानमन्त्री बनेका थिए।

त्यस्तै मरिनले न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्दा आर्डेनलाई पनि पछाडि पारेकी छिन्। जसिन्दा ३९ वर्षको उमेरमा प्रधानमन्त्री भएकी थिइन्।

मरिनले यही हप्ता नै पदभार ग्रहण गर्ने बताइएको छ। मरिनको नेतृत्वमा बन्न लागेको गठबन्धन सरकारमा ५ दल सहभागी हुनेछन्, सबै दलको नेतृत्व महिलाहरुले गर्नेछन्।

प्रकाशित मिति: : 2019-12-09 15:38:51

प्रतिकृया दिनुहोस्