सिमा अतिक्रमणविरुद्ध पोर्चुगलमा प्रदर्शन: सबै नेपालीले एकै स्वरमा भने- 'गो व्याक इन्डिया'

बिएल

भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा पोर्चुगलमा पनि प्रदर्शन भएको छ। पोर्चुगलस्थित लिजवनको रुवा पेरो द कोभिल्यां, लिस्बनमा रहेको भारतीय दूतावास अगाडि ३ डिसेम्बरको दिन विरोध प्रदर्शन भएको हो ।

पछिल्लो समय भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा नियतबस नेपाली भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतमा मिसाएपछि संसारभर भारतीय दादागिरीको विरोध भैरहेको छ।

भारतको नयाँ राजनीतिक नक्सामा सच्याउनुपर्ने, कालापानीबाट भारतीय सेना तत्काल हटाउनुपर्ने, भारतीय हेपाह प्रवृत्ति अन्त्य हुनुपर्ने लगायतका माग राखेर भारतीय दूतावास अगाडि नेपाली प्रदर्शन गरिएको गैरआवासीय नेपाली संघ पोर्चुगलले जनाएको छ।

प्रदर्शनमा सहभागीहरुले भारतविरोधी नारा लगाएका थिए। उनीहरुले नेपाली भूमि समेटिएको भारतको नक्सा खारेज गर, सीमा अतिक्रमण बन्द गर,  'गो ब्याक इन्डिया' लगायतका नारा लगाएका हुन्।

ज्ञापनपत्र बुझाउने कार्यक्रमसमेत रहे पनि दूतावासले ज्ञापनपत्र बुझ्न नमानेपछि हुलाकमार्फत पठाउने तयारी गरिएको छ।

 

प्रकाशित मिति: : 2019-12-03 21:55:29

प्रतिकृया दिनुहोस्