भेनिस जलमग्न

तस्बिरः एजेन्सी

भारी वर्षा र बाढीका कारण इटलीको भेनिस सहर जलमग्न भएको छ। यहाँको जनजीवन केही साता अघिदेखि नै प्रभावित बनेको हो।

अधिकारीहरुका अनुसार पानीको सतह यसअघि भन्दा उच्च छ। ऐतिहासिक कला र वास्तुकलाको लागि संसारभर चिनिएको सहर भेनिसमा पछिल्लो ५० वर्षयताकै सबैभन्दा खतरनाक वर्षा र बाढी आएको छ।

बाढीकै कारण यहाँको चर्चित सेन्ट मार्क स्क्वायर बन्द गरिएको छ। पर्यटक तथा स्थानीय बासिन्दाहरु हप्तौँको वर्षा र हावाहुरीसँगै बाढीको असर भोग्न बाध्य छन्।

यहाँ हरेक वर्ष साढे ३ करोड भन्दा धेरै पर्यटक घुम्न पुग्छन्। भेनिससँगै यसको दक्षिणपूर्वी क्षेत्र हुँदै ग्रिस र दक्षिणी टर्कीमा समेत भारी वर्षा हुन थालेको छ।

प्रकाशित मिति: : 2019-11-25 18:03:11

प्रतिकृया दिनुहोस्