कालापानी,लिपुलेक र लिम्पुयाधारा अतिक्रमणको विरोधमा बेल्जियममा पनि प्रर्दशन हुने

तस्बिरः एजेन्सी

बेल्जियमका नेपालीहरुले ब्रसेल्स स्थित भारतीय राजदूतावास अगाडि सीमा अतिक्रमणको विरोध गर्ने भएका छन्। दूतावास अगाडि आगामी सोमबार दिउँसो विरोध प्रदर्शन गर्ने तथा ज्ञापन पत्र बुझाउने भएका हुन।

कालापानी ,लिपुलेक र लिम्पुयाधारा मात्रै नभई देशका विभिन्न मिचिएको सीमाको विरोधमा पनि प्रर्दशन गर्न लागिएको छ। बेल्जियम स्थित वैचारिक संगठनहरू प्रमुख आयोजक रहेको विरोध कार्यक्रममा सम्पूर्ण नेपाली संघ संस्थाका प्रतिनिधि तथा नेपालीहरु सहभागी हुने आयोजकले जनाएको छ।

आयोजक मध्यका एक जीत लामाले हालै बेल्जियम स्थित एन आर एन, र बैचारिक संस्थाहरुको संयुक्त पहलकदमीमा हुन गईरहेको ब्रसेल्सस्थित भारतीय राजदूतावास घेराउ, धर्ना तथा ज्ञापनपत्र बुझाउने कार्यक्रमको तयारी पुरा भएको जनाएका छन्। लामाले सबै नेपालीहरुलाई उपस्थित लागि आग्रह गरेका छन्।

भारतले उसको राजनैतिक नक्सा बनाउदा एकतर्फी रुपमा नेपाली भुमी कालापानी, लिम्पियाधुरा, लिपुलेक समेतलाई आफ्नो नक्सा भित्र पारी जारी गरेपछि देश लगायत विदेशमा विरोध हुँदै आएको छ।

उक्त नक्सा खारेज गरि नेपाली भूमी फिर्ता लिन र लामो समयदेखी नेपाली भूमीमा बसिरहेको भारतिय सैनिक ब्यारेक हटाउनको लागि पनि सोमबारको विरोध प्रदर्शन गर्न लागिएको आयोजक मध्यका विष्णु भुजेलले बताए। भुजेलले भने– ''हामीले प्रोटेष्ट गर्ने भनेपछि दूतावास प्रतिनिधिले हाम्रा आयोजक साथीलाई भेटेर प्रोटेष्ट नगर्न तर ज्ञापन पत्र मात्रै बुझाउन लबिङ गरेका छन्।तर हामी हाम्रो योजना अनुरूप नै जानेछौ।''

प्रकाशित मिति: : 2019-11-15 18:03:29

प्रतिकृया दिनुहोस्