बेलायतको लेस्टर सिटीमा एक नेपालीमूलकी महिलाको छुरी हानी हत्या गरिएको छ । ३२ वर्षीया शुभेक्षा बुढाथोकीको बर्थवल्म्यू स्ट्रिट हाइफिल्डस्थित उनकै घरमा हत्या भएको स्थानीय प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नियोजित किसिमले हिंसात्मक आक्रमण गरी उनको हत्या गरिएको हो । पोस्टमार्टम रिपोर्टमा पनि उनलाई धेरै पटक छुरा हानिएको पाइएको छ ।
उनको घटनास्थलमै मृत्यु भएको पनि प्रहरीले जनाएको छ ।
यो पनि हेर्नुहोस्
को हुन राष्ट्रपति सी चिङफिङ (जिवनी)
यो समाचार तयार पार्दासम्म प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन । हत्याको अनुसन्धान गरिरहेको प्रहरीले स्थानीयबासीको वयान लिए पनि के कारणले उनको हत्या गरिएको भन्ने भेउ पाउँन सकेको छैन ।
नेपाली मुलकी सुरक्षाले मुस्लिम धर्म परिवर्तन गरेर नाम नै परिवर्तन गरेकी थिइन् । उनी मुस्लिम नाम फतिमा भनेरै चिनिन्थिन् ।
उनका तीन सन्तान छन् । पहिलो श्रीमानबाट दुई र अहिलको श्रीमानबाट एक सन्तान रहेको प्रहरीले बताएको छ ।
उनले तमिल मुलका मानिससँग विवाह गरेको बताइएको छ ।