एनआरएन युकेको चुनावमा 'लफडा' : स्थगित भयो मतगणना

एकले अर्काको माला झुण्डाएर मात्र के गर्नु र ? - चुनाव जित्नैपर्ने दवावले मतगणना नै स्थगित भयो । तस्बिर : सामाजिक सञ्जाल

गैरआवासीय नेपाली संघमा जहाँ जहाँ चुनाव त्यहाँ त्यहाँ झमेला सुरू भएको छ । यस्तै एउटा अप्रिय समाचार बेलायतले पनि बाँडेको छ । 

एनआरएनए युकेको शनिवार सम्पन्न निर्वाचनमा तीन मतदान केन्द्रमा गडबढी भएको उजुरी परेपछि मतगणना नै स्थगित भएको छ ।

बेजिगंस्टक, ह्यारो र रेडिगंको मतदान केन्द्र नै कब्जामा लिएर एकैजनाले पाँच मतसम्म खसालेको दाबी गर्दै मत गणना स्थगित गर्न माग गरेपछि निर्वाचन आयोगले मतगणना स्थगित गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त डमर घलेले शान्तिपूर्ण निर्वाचन सम्पन्न भए पनि मतगणनाको लागि वातावरण नभएको बताउँदै यस्तो अप्रिय निर्णय लिनुपरेको बताए ।

एनआरएन युकेका प्रवक्ता शिवजी श्रेष्ठले तीन निर्वाचन केन्द्रमा भएको मतदानलाई लिएर परेको उजुरीमा सम्बन्धित पक्ष सहमत भए पछि मात्र मतगणना गरिने बताए । उनले पुन: मतदान गराउने अवस्था नरहेकाले सहमतिको विकल्प नभएको पनि बताए । 

एनआरएन युकेको अध्यक्ष पदको लागि वर्तमान कार्यसमितिका उपाध्यक्षद्वय पुनम गुरुङ र शेर सुनार चुनावी प्रतिस्पर्धामा छन् । उनीहरू आ–आफ्नो प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । यसैगरी महासचिवमा फडिन्द्र भट्टराई र कर्मा पहाडी आम्नेसाम्ने भएका छन् । 

यसैबीच मतगणना स्थगितको निर्णयलाई लिएर त्यहाँ परस्पर विरोधी दावीहरू गरिएका छन् । एक पक्षले अर्को पक्ष चुनावमा पराजित हुने भएपछि मतदानमा धाँधली भएको आरोपमा उत्रिएको बताइएको छ  भने आरोपित पक्षले त्यसको खण्डन गरेको छ ।  

एनआरएन युके दुई पक्षमा ठाडो चिरा परेर चुनावमा उत्रिएको छ । एकले अर्को पक्षलाई जसरी भए पनि हराउने भनेर उनीहरू लागिपरेका छन् । दुबै पक्षमा नरहेका केही तटस्थ एनआरएनले भने युकेको स्थानीय चुनावभन्दा पनि आगामी अक्टोबर १५ लेखि १७ सम्ममा काठमाडौैमा हुने अन्तर्राष्ट्रिय महाधिवेसनमा कस्को पल्ला भारी बनाउने भन्ने कुराले यो विवाद सिर्जना भएको बताएका छन् । 

एनआरएन युकेको अध्यक्ष पदको लागि वर्तमान कार्यसमितिका उपाध्यक्षद्वय पुनम गुरुङ र शेर सुनार चुनावी प्रतिस्पर्धामा छन् । उनीहरू आ–आफ्नो प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । यसैगरी महासचिवमा फडिन्द्र भट्टराई र कर्मा पहाडी आम्नेसाम्ने भएका छन् । 

प्रकाशित मिति: : 2019-09-16 02:20:50

प्रतिकृया दिनुहोस्