अक्सफोर्ड इकोनोमिक्स नामक एक विश्लेषक संस्थाले आउँदो दशक कति जनशक्ति विस्थापन गर्ला ? भन्ने प्रश्नको सम्भावित उत्तर खोज्न गरेको एक अध्ययनको निष्कर्ष सार्वजनिक गरेको छ ।
उसको अध्ययनअनुसार उत्पादन क्षेत्रका मात्र दुई करोड रोजगारी रोबोटले विस्थापन गर्न सक्ने देखिएको छ । सन् २०३० मा सबैभन्दा बढी चीनमा १ करोड ४० लाख औद्योगिक रोबोट काम गरिरहेका हुनेछन् । अहिले विश्वमा १७ लाख रोबोट काम गरिरहेका छन् । यिनीहरूमध्ये अमेरिकामा २ लाख ६० हजार, युरोपमा ४ लाख र चीनमा ५ लाख ५० हजार रहेका छन् ।
अध्ययनअनुसार एक औद्योगिक रोबोटले १.६ उत्पादन क्षेत्रको रोजगारी विस्थापन गर्ने देखिएको छ । तर, सिर्जना, संवेदना र सामाजिक दृष्टिकोण आवश्यक पर्ने काम भने मानिसहरूले नै गरिरहने छन् ।
औद्यिगिक उत्पादनमा रोबोटको बढ्दो प्रयोगले मानव रोजगारीको सङ्ख्या घटे पनि स्वचालन रोजगारी बढ्दा आर्थिक वृद्धिदर भने बढ्ने अध्ययनको निष्कर्ष रहेको छ ।
अक्सफोर्ड इकोनोमिक्सले भनेको छ- 'यसले आर्थिक असमानता र राजनीतिक ध्रुवीकरण बढाइदिनेछ जुन अहिले नै बढ्दो क्रममा छ।'