स्विटजरल्याण्डको भ्रमण सकेर बेलायत आइपुगेका प्रधानमन्त्री के पी शर्मा ओलीलाई बेलायतमा भेटघाटमै भ्याइनभ्याइ छ । तीन दिनको बेलायत बसाइमा उनी धेरैभन्दा धेरै बेलायती तथा नेपाली पार्टीलाई भेटेर आफ्नो बेलायत भ्रमणको औचित्य पुष्टी गर्न खोजिरहेका छन् ।
जेनेभाबाट लण्डन आइपुग्ने बित्तिकै उनी हेलिकोप्टरबाट अक्सफोर्ड उडेर सुरू भएको उनको व्यवस्ताको पारो बढ्दो छ ।
यसबीचमा उनले बेलायती राजकुमार ह्यारी, कामचलाउ प्रधानमन्त्री टेरिजा मे, विपक्षी दल लेबर पार्टीका नेता जेरेमी कोर्बेन र नेपाल हेर्ने संसदीय समितिका पदाधिकारीलाई भेटिसकेका छन् ।
यसैगरी गोरखा भूतपूर्व सैनिक संघ, गैरआवासीय नेपाली सङ्गठनका पदाधिकारीलाई मात्र हैन, आफ्नै पार्टीको भातृसंस्था प्रवासी नेपाली मञ्चका सदस्यसँग पनि भेटघाट गरिसकेका छन् ।
तस्बिरमा प्रधानमन्त्री ओली ...