प्रधानमन्त्री केपी शर्मा ओलीले जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सम्बोधन गरिरहेका छन्।
स्विट्जरल्यान्डको जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को शतवाषिर्कीको अवसरमा आयोजना भएको विशेष कार्यक्रममा उनले सम्बोधन गर्न लागेका हुन्।
जेनेभामा रहँदा साइलाइनमा प्रधानमन्त्री ओलीले टर्कीका उपराष्ट्रपति फुअट ओकाट्या, नर्वेका प्रधानमन्त्री, स्वीट्जरल्यान्डका पूर्वराष्ट्रपति तथा फेडरल काउन्सिलर लगायतसित भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय श्रम संगठनसँगको नेपालको सम्बन्ध र ऐक्यबद्धता तथा नेपाल जस्ता अल्पविकसित राष्ट्रहरूले श्रम सम्बन्धमा बेहोर्नुपरिरहेको चुनौती तथा नेपालले नयाँ संविधानअन्तर्गत श्रम सम्बन्धमा अपनाएको सामाजिक सुरक्षाका कार्यक्रमसहितका विषयमा स्पष्ट पार्नेछन्।
२० सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै ओली स्वीटजरल्यान्डको जेनेभा आएका हुन्। स्वीट्जरल्यान्डको जेनेभापछि प्रधानमन्त्री ओलीको बेलायत र फ्रान्सको भ्रमण गर्ने कार्यक्रम छ।
हेर्नुहोस् LIVE सम्बोधन