बेलायती प्रधानमन्त्री टेरेसा मेले राजीनामा दिएकी छन्। बेलायतलाई युरोपियन युनियनबाट तीन वर्षसम्म पनि अलग पार्ने विषयको प्रक्रिया टुंगोमा पुर्याउन नसकेपछि उनले शुक्रबार राजीनामा घोषणा गरेकी हुन्।
उनको राजीनामा जुन ७ तारिखबाट लागू हुनेछ। यद्यपि उत्तरधिकारी नभएसम्म उनै प्रधानमन्त्री हुनेछिन्।
उनले राजीनामापत्रमा प्रधानमन्त्रीको रूपमा आफूले ब्रेक्जिटका लागि सकेको गरेको बताएकी छन्।
राजीनामा घोषणा कार्यक्रममा अत्यन्त भावुक देखिएकी उनले भनिन्- 'प्रधानमन्त्रीको जिम्मेवारीमा काम गर्न पाउँनु मेरो लागि जीवनकै सबैभन्दा गर्वको विषय हो।'