टोर्नाडो पीडितलाई पोर्तुगलबाट सहयोग

तस्बिरः एजेन्सी

बारापर्सालगायत नेपालका केही तराईजिल्लामा आएको आँधीबेहेरी(टोर्नाडो) पीडितलाई पोर्तुगलबाट एक लाख चौवालिस हजार ७ सय ८० रूपैयाँ आर्थिक सहयोग पठाइएको छ ।

नेपाली सङ्घीय समाज पोर्तुगलको पहलमा प्रदेश नं २ मुख्यमन्त्री राहत कोषमा सो रकम पठाइएको समाजका पोर्तुगल अध्यक्ष सोमफुरी शेर्पाले जानकारी दिए।

आँधीबेहेरीबाट २९ मानिसको निधन हुनुका साथै सयौं घाइते र करोडौंको धनमाल क्षति भएको थियो।

 

प्रकाशित मिति: : 2019-05-13 20:03:29

प्रतिकृया दिनुहोस्