ब्रेक्जिटका लागि इयुद्वारा ६ महिना थप, मेलाई राहत

बेलायतले युरोपेली युनियनबाट बहिर्गमनका लागि अरु ६ महिना समय पाएको छ।ब्रेक्जिटको नयाँ मितिका लागि ब्रसेल्समा बुधबार अबेर रातिसम्म बसेको  बैठकलेयस्तो निर्णय गरेको हो। 

इयुको यो पछिल्लो निर्णयले यसै साताको अन्त्यमा बिना सम्झौता बेलायतको बहिर्गमन हुँदा उत्पन्न हुन सक्ने अस्तव्यस्त स्थिति तत्कालका लागि टरेको छ। ।

बेलायती प्रधानमन्त्री थेरेसा मेले जनभावना बमोजिम नै जतिसक्दो चाँडो इयूबाट अलग्गिनु आफ्नो लक्ष्य भएको बताएकी छिन्।

उनले नयाँ सहमतिका बारेमा बेलायती तल्लो सदनलाई जानकारी दिने र राजनीतिक गतिरोध अन्त्यका लागि मुख्य विपक्षी दल लेबर पार्टीसँग पनि वार्तालाई अघि बढाइने बताइन्।

इयूका सदस्य राष्ट्रका नेताहरु  बेलायतलाई थप समय दिने पक्षमा नभए पनि युरोपेली परिषदका अध्यक्ष डोनाल्ड टस्क समय दिने पक्षमा उभिएका थिए।  

 

 

प्रकाशित मिति: : 2019-04-11 17:43:58

प्रतिकृया दिनुहोस्