खाडीमा बढ्दैछन् नेपाली कैदीबन्दी : युएईमा मात्र दुईसय जेलमा

फोटो: दुतावास

खाडी मुलुकका जेलहरूमा नेपालीको संख्या पनि दिनानुदिन बढ्दो छ। रोजगारीका क्रममा त्यहाँ पुग्ने नेपालीको संख्यासँगै अपराधिक गतिविधिमा भएको वृद्धिले नेपाली कैदीबन्दीहरूको संख्या बढेको हो। 

संयुक्त अरब इमिरेट्स (युएई) को अबुधावीमा रहेको नेपाली दूताबासले त्यहाँका ८ वटा जेलको भ्रमण गरेर तयार गरेको प्रतिवेदनबाट त्यही तथ्य उजागर भएको छ।

प्रतिवेदनअनुसार युएईका आठवटा जेलमा १२ महिला र १८८ पुरूष गरी दुईसय नेपालीहरूले कैदीबन्दी जीवन बिताइरहेको पाइएको छ।

प्रतिवेदनअनुसार जेलमा सबैभन्दा बढी ११६ जना मादक पदार्थको प्रयोगसँग सम्बन्धित रहेका छन्। यसमा कतिपयले मादक पदार्थसम्बन्धी कानुनको उलंघन गरेका छन् भने कतिले त्यसको सेवन गरेर झगडा गर्दा पक्राउ परेका छन्। कतिपय मादक पदार्थ सेवन गरेर गाडी हाँकेको मुद्दामा पनि जेलको चिसो छिंढीमा जीवन बिताइरहेका छन्।यसैगरी हत्या अभियोगमा १२, चोरी डकैतीमा २०, लागुपदार्थ दुर्व्यसन तथा तस्करीमा ५, चेकलगायतका फर्जी कागजातमा ७, अनाधिकृत बसाईमा १०, व्यभिचार ८ र अन्यमा २२ रहेका छन्। 

खाडीमा प्राय सामान्य लेखपढ गर्न मात्र जान्ने भउकाले कतिपय भाषाका कारण पनि कैदीबन्दी जीवन बिताइरहेको पाइएको छ। कैदीबन्दीमध्ये कतिपयको मुद्दा चलिरहेको छ भने कतिपयको फैसला भैसकेको पाइएको छ।

जेलमा रहेका नेपालीहरूको यो लगतसँगै अब उनीहरूको मुद्दाका बारेमा थाहा भएकाले उनीहरूलाई नेपाल फर्काउनका लागि आवश्यक गृहकार्य सुरू भएको दुताबासले बताएको छ। 

प्रकाशित मिति: : 2019-03-21 07:46:31

प्रतिकृया दिनुहोस्