आफ्नी छोरीलाई
नाम जस्तै खुशी दिन काटेका
समयले फुलाएका
ती सेता कपाल
मेरो अस्तित्व बचाउन
आफ्नै परिचय बिर्सेर फुलेका
ती सेता कपाल
छोरी रिसाउँदा फकाउँदै
फुरफुर फुक्र्याउँदै हँसाउँदैमा फुलेका
ती सेता कपाल
हेरचाह गर्दा मेरो,
सिकाउँदा मलाई अक्षर
फुटेका ती हातहरु
र तिनले रङ्गाउन नसकेका
ती सेता कपाल
कैयौँ जुनी लगाएर
खडेरी परेका ओठहरुमा मुस्कान बर्साउँदा
आफ्ना पीडा लुकाई लुकाई
मेरा चाहना परिपूर्ति गर्दा फुलेका
ती सेता कपाल
मलाई मनपर्ने मःमः खुवाउँदा
र निराश हुँदा आइसक्रिमले झस्काउँदामा फुलेका
ती सेता कपाल
जति बढ्दै जान्छु म
जति दह्रो हुन्छु,
त्यति नै उनलाई बूढो देख्छु
बढ्दै बढ्दै जान्छन्
बाबाका सेता कपाल
यदि कहीँ भेटेँ भने ईश्वर
भन्छु– रोकिदिन समयलाई
न त बलिया हुन् मेरा पाखुरा
न त अझै बढून् ती सेता कपाल ।
ड्डमकवानपुर बाल विद्या सदन, हेटौंडा, कक्षा ९