प्रदेश ३ को नाम र राजधानी टुंगो लगाउन अध्यक्ष प्रचण्डकाे निर्देशन

फाइल तस्बिर: बिएल

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश ३ को नाम र स्थायी राजधानी केही दिनमा नै टुंगो लगाउन निर्देशन दिएका छन्।

मंगलबार हेटौंडामा मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा मन्त्रीहरू र नेकपाका नेताहरूसँग कुरा गदै उनले नाम र राजधानीको बारेमा अन्यौल नहुन आग्रह गरे।

‘राजधानी तोक्ने, नामकरण गर्ने यो प्रदेशको पनि बाँकी छ। उनले भने केही दिनभित्रै यो कुरा टुंगिनुपर्छ।’

प्रदेशसभा र सरकारले छिट्टै टुंग्याउँछ भन्नेमा आफू विश्वस्त रहेको पनि उनले बताए ।

त्यसमा आफूले पनि सहयोग गर्ने प्रतिबद्धता उनले जनाए ।

प्रकाशित मिति: : 2019-11-26 11:48:51

प्रतिकृया दिनुहोस्