महराको सम्बन्ध ,मदिरा र यौनजन्य हिंसा

नैतिक प्रश्न हामीतिर पनि तेसिन्छ कि ? एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स ।

रोशनी पति-पत्नीबीचको सम्बन्ध मिलन र बिछोड उनीहरुको नितान्त व्यक्तिगत कुरा हो l तर, एउटा पदीय हैसियतले निपुर्ण पुरूष जोसगँ  पदीय मर्यादा, शक्ति, बल, प्रतिष्ठा र उपल्लो दर्जाको सुरक्षा घेरामा रहेको व्यक्ति घेरा तोडेर मद, मदिरा र यौन सम्बन्धसगँ लालायित हुदै कसैकोमा पुग्नु अनि पुगेको कुरा सार्वजनिक हुनुसगँ त्यसदिनको घटना जोडिएर आउँछ । साथै इच्छा के के थियो ? इच्छा अनुसार के के भयो ?, त्यो हाम्रो खोजी र चासोको कुरा पनि होइन । मानिस सामाजिक प्राणी भएकोले नै परिवार र समाज बनाउँछ । त्यही समाजमा बस्दा एकअर्कालाई असर, प्रभाव या क्षति हुने गरी घटना बाहिर आइसकेपछि त्यस्ता विषयमा मौनता चाहने जस्तो गरी प्रतिक्रिया दिनु भनेको अपराध या बेथितिलाई नै पक्षपोषण गर्नु हो जस्तो देखिन्छ ।

यसरी समाजमा घटेका घटनाको समस्याजन्य चुरोको पहिचान गर्न नसक्नु,नखोज्नु या पुरूषकै पक्षपोषण गर्नु र समस्याको किटान गर्न नसक्नु चाहिँ  पितृसत्तात्मक सोच हो । यस्तो सोच पुरूष र महिला दुबैमा देखिन्छ र छन् पनि । त्यस्तै सोचको घर, परिवार र समाजमा हुर्किएका हामी सबै पनि घटनाको सही विश्लेषण गर्नुको सट्टा जता पानी बग्यो उतै सलल ... गर्ने स्वभाव जस्तो विचार राख्छौ । फरक कोणबाट घटनाको विश्लेषण गर्ने मान्छे नमिल्ने, छुच्चो र एकलकाटें बन्न पुग्छ । अझै दलभित्र आवद्ध छ भने त कार्वाहीमा नै पर्न सक्छ । यस्तो प्रवृत्ति हावी भएका हामीले यसरी विकास भएका यस्ता घटना घटिरहदा पीडितको विपक्षमा र पीडकको पद, मर्यादा, शक्ति र पहुँचको अति मूल्यांकन गर्दै कसरी गर्यो होला .....?  केटी नै खराब हो ! बनावटी कुरा हुन...हुनै सक्दैन...! षड्यन्त्रमा पर्यो आदि मनगडन्ते तर्क गर्छौ । 

 
 

अपराध त मानिसले गर्ने हो नि ! पदले त गर्दैन । मानिसको मनले चाह्यो भने सेकेण्डभरमा अपराध गरिसक्छ । यस्तो मनोवृत्तिको विकास हुनु भनेको नै अर्थ सामन्तवादी सोच होइन र ? यस्ता गम्भीर अपराधहरू विशेषत: ओहोदा, व्यक्ति, व्यक्तिको व्यक्तिगत तथा सामाजिक सम्बन्ध र समस्याका कारण सिर्जना हुने गर्छन् । घटना घटिरहेको अवस्थामा यस्ता मान्यता या सिद्धान्त सम्झदैनौ । हामी अधिकांश घटनालाई आफ्नो निकटता, सम्बन्ध र आफुलाई हिजोदेखि जे लाग्यो, लाग्थ्यो त्यसैको आधारमा बुझ्ने र विश्लेषण गर्ने गर्छौ । त्यही कारण होला व्यक्तिपिच्छे अनुसन्धान र न्याय पनि प्रभावित भइरहेको देखिन्छ । यस्ता प्रवृत्तिको कारण नै हामीले प्रणाली विकास गरेर पनि लागु गर्न सकिरहेका छैनौ जस्तो देखिन्छ ।  

जुन समयबाट इच्छा रहेन र समस्या सिर्जना भयो या इच्छाविपरीत यौनसम्बन्ध र कुरा या सम्बन्ध नमिलेर भएको कुटपिट चाहिँ सरासर ती महिलामाथि भएको यौनजन्य हिंसा हो ।

यस्ता अप्रत्यक्ष रूपमा मन र मस्तिष्कमा विकास हुने,  महिलाको यौनिकताको प्रयोग गर्न गराउन उद्दत विचारले अपराधीको पक्षपोषण गर्दैन र ? शक्ति, बल र पैसाको कारण सामान्य अवस्थाका कतिपय महिला तथा पुरूष पनि यस्ता हिंसाले  प्रभावित भइरहेका छौ ? अहिले विकास भएको समाजभित्र, हाम्रा सम्बन्ध के के को कारण ?  कसरी विकास भइरहेका छन ? हामी हाम्रो परिवार र सामाजिक सम्बन्धको अहिलेको अवस्थाका बारेमा पनि विश्लेषण गर्दै  त्यस अनुसार घटनासगँ जोडिएका पीडक र पीडितलाई बुझ्न सक्यो भने निष्कर्षमा पुगिएला कि ?

अहिले घटेको रोशनी र उनका पतिको सम्बन्धविच्छेदको घटना पनि देश देश अनुसारको भेष भनेजस्तै गरी चर्चा/परिचर्चा भएको छ । हामी निकै पढे/लेखेका, विचारक, राजनीतिक नेता/कार्यकर्ता, सामाजिक अभियन्तालगायत लब्ध प्रतिष्ठित पनि पति या पुरूषको परस्त्री गमनलाई सामान्य नै मान्ने गर्छौ । कतिपय अबस्थामामा भनाभन, झैझगडा, बोलचाल बन्द र छड्केफड्के गरेर, बालबच्चा र इज्जत देखाएर सामान्य बनाउने र  घर बिगार्नु हुन्न भन्ने मान्यता बनाएर महिलालाई सम्झाएर त्यही परस्त्रीगमन गर्ने पुरूषसगैं बस्न बाध्य बनाउन निकै माहिर छौ । यी र यस्ता क्रियाकलापलाई पक्षपोषण गरून्जेल पति-पत्नीविचको एकनिष्टता गर्ने/गराउने विषय कम्जोर नै भैरहन्छ । नेपालको संविधानले व्यवस्था गरेको दम्पतीको हक पनि संरक्षण हुन नसक्ने अवस्था हुन सक्छ । 

 

यो पनि पढ्नुहोस् 
बलात्कार काण्डमा महराविरुद्ध किटानी जाहेरी दर्ता, आइतबार प्रहरीले अनुसन्धान अगाडि बढाउने

पुरुषहरुको महिला र पत्नीप्रति कस्तो चिन्तन या दृष्टिकोण छ भन्ने कुरा रोशनीको सम्बन्धविच्छेदको विषयमा सामाजिक सञ्जालमा आएको दुबैको हस्ताक्षरको कागज एउटा ऐना हो l पत्नी-पतिसगँ स्वास्थ्य राम्रो हुन्जेल ठीक, स्वास्थ विग्रिएपछि खतम, काम नभएकी, ढङ्ग नभएकी आदि अनेकौं बहानाबाजीमा सम्बन्ध टाढिने र सकिने भएका हजारौं-हजार समस्या मौनताभित्र हाम्रै समाजमा ज्यूँदै छन् । सेकेन्ड, मिनेट, घण्टा, दिन, रात, हप्ता, महिना, बर्षौसँगै बसेका रोशनीको पतिलाइ रोशनीको जीवनशैली, हाउ-भाउ, चालचलन, मोबाइलमा आएको म्यासेज, फोनहरु थाहा नभएको त पक्कै होइन l

यति थाहा हुदाहुदै रोशनीको पति बडो गर्वका साथ पुरुष हुँ भनेर छाती फुलाएर घुमिरहेका थिए l दोस्रो विश्वयुद्दमा जापानको हिरोसिमा र नागासाकीमा एटम बम खसेझैँ महरासगँको सम्बन्ध र राजीनामा जोडिएर कुरा बाहिरिएपछि महराको पद खस्यो, महरा एक्लैले होइन हजारौ लाखौ यस्ता महरा प्रवृत्तिका महराले विभिन्न माध्यमबाट रोशनीको तेजोबद्द गरे । यिनै कारण देखाएर रोशनीका पतिले बडो बहादुरीका साथ पानीमाथि ओभानो बन्न सम्बधविच्छेद गरेको भन्दै हस्ताक्षर बाहिर्याए l त्यहि पुरूषार्थको चर्चा बिश्वभर फैलियो । आफ्नो खोक्रो आदर्श डोकोभित्र लुकाउदै सम्बन्धविच्छेद गर्ने पुरुष रोशनी-पति चोखिए । उनले पत्नीसगँ सम्बन्ध टुङ्ग्याएर विश्वको ठुलै युद्ध जितेझैँ चित्रण गर्दै प्रचार गर्ने हामीले रोशनीको बाँकि जीवनको बारेमा सोचेका छौ कि छैनौं ? रोशनीको ठाँउमा अहिले उनका पति भएको भए र रोशनीले सम्बन्धविच्छेद गरेको भए हामीले कस्ता कुरा गर्ने थियौँ ? यतातिर पनि सोचौं कि !

यो घटनामा रोशनी, रोशनी-पति, महरा र महरा-पत्नी यी चार पात्रको चरित्र बराबरी हो । वर्षोदेखिको सम्बन्धको कारण दोष महरा र रोशनीको कुराबाट बाहिरिएको हो ।

महराको राजीनामासगँ गाँसेर होस् या पत्नीको परपुरूषसगँको शारीरिक सम्बन्ध र सामाजिक सञ्जालको परिचर्चाले थेग्न नसकेर होस्- रोशनी-पति (पुरूष)ले आफ्नो पुरुषार्थ या बहादुरी पत्नीसगँको सम्बन्धविच्छेदमा लगेर टुङ्ग्याए र आफू साँचिलो बने । पहिलेदेखि नै सम्बन्ध थियो र पटकपटक बादविवाद भएको हो यदि भने पहले नै किन सम्बन्धविच्छेद गरेनन् त ? यस्तो अव्यावहारिक चरित्र नै पुरूष चरित्र या पुरूषार्थ देखाउनु हो । आखिर चरित्र त महिला र पुरूष दुबैको  बराबर नै हुन्छ होला नि ?  त्यही चरित्र महराको र महरा-पत्नीको पनि होला तर महरा-पत्नीले त सम्बन्धविच्छेद गर्न सकिनन् । त्यहाँ पद, पैसा, प्रतिष्ठा र सन्तानमोहको सम्बन्ध र संरक्षणको कुरा महरा मर्दपुरूषमा जोडियो । महरा-पत्नी कम्जोर भइन् । घर, परिवार र समाजमा महिला र पुरूषविचमा हुने र गरिने विभेद यीभन्दा मसिनो ढङ्गबाट हुने गरेका छन् । यो र यस्ता कुरा नै नव सामन्तवादी दृष्टिकोण होइनन् र ?

अब पनि हामीले यस्ता विषयलाई विश्लेषणात्मक दृष्टिकोण बनाएर विषयलाई केलाउन सकेनौ भने परिवर्तनलाई मनोविज्ञानमा संस्थागत गर्न सक्दैनौं । यो घटनामा रोशनी, रोशनी-पति, महरा र महरा-पत्नी यी चार पात्रको चरित्र बराबरी हो । वर्षोदेखिको सम्बन्धको कारण दोष महरा र रोशनीको कुराबाट बाहिरिएको हो ।

यो पनि पढ्नुहोस् 
महरा कृष्णबहादुर त गए : पालो आउला कि अरू 'कृष्ण'को पनि ?

महरा संवैधानिक पदमा बहालवाला रहेको अवस्थामा मदिरा र मदिरासेवनका लागि आवश्यक सहयोगी खानेकुरासहित रोशनीकोमा जानु र मदिरा सेवनपछि इच्छाविपरीत सम्बन्ध राख्नु, कुटपिट गर्नु, बाहिरिनुसम्मका कुरा रोशनीले नभनेको भए गोप्य हुन्थें होला । रोशनीकै कारण अपराध बाहिरियो र रोशनीले नै अपराध छोप्दैछन् किन ? भन्ने कुरा चाहिँ जन चासोको विषय हो । भाइवर मेसेज र मोबाइल कलसहितको सुचना बाहिरिएपछि ती पात्रहरूको विषयमा चर्चा परिचर्चा र रोशनीकै भनाइ बदलिनेसम्मका कुरामा उनीहरू नै संलग्न रहेका छन् । परिचर्चाका पात्रमध्येकी रोशनी वर्षो पहिलेदेखि डिप्रेसनको औषधी सेवन गर्नुपर्ने अवस्थामा छिन् । त्यस्ती अवस्थाकी पत्नीसगँ सम्बन्धविच्छेद गर्ने/ दिने रोशनी-पति चाहिँ कसरी असल भए त ? यस्तो पक्षपातपूर्ण व्यवहारको हामीले किन प्रचारप्रसार गरिरहेका छौ ? यी सबै कुरा पद, प्रतिष्ठा, अर्थ, पहुँच, शक्ति, अवसर केन्द्रीकृत प्रचारबाजी भएनन् र ? नैतिक प्रश्न हामीतिर पनि तेसिन्छ कि ?

पुरुषहरुको महिला र पत्नीप्रति कस्तो चिन्तन या दृष्टिकोण छ भन्ने कुरा रोशनीको सम्बन्धविच्छेदको विषयमा सामाजिक सञ्जालमा आएको दुबैको हस्ताक्षरको कागज एउटा ऐना हो l 

यस्तो अपराधमा षड्यन्त्र, देशी-विदेशीको खेलआदि कुरा जोड्नुसँग कुनै तुक रहेको भेटिन्न । नैतिकता ह्रास हुने क्रियाकलाप आफुले गर्ने अनि देशी-विदेशीको षडयन्त्र भनेर हनुमानगिरि गर्ने प्रचलनले अपराधलाई संरक्षण गर्ने गर्छ । अपराध जोगाउने तत्व मौलाउने यस्ता कुरा बन्द गर्नु नै उत्तम हुन्छ ।

सबै अवस्थाको बारेमा विवेचना गर्दा यी तीनै पात्र चरित्रहीन देखिए तर यो समाजको आँखाले वर्षौदेखि डिप्रेसनको औंषधी खाइरहेकी पत्नीसगँ सम्बन्धविच्छेद गर्ने/दिने रोशनीको पति चाहिँ ठीक असल हो भन्ने प्रचार गरिरहेको देख्दा दया लाग्यो । यस्तो पक्षपातपूर्ण व्यवहारले समानताको कुरा अर्थ, पहुँच र शक्ति केन्द्रीकृत गर्दैन र ? न्याय, समानता, धर्म, मानवतावादी र अधिकारकर्मीसहित आमजनसमुदायले सोच्नु पर्दैन ?

प्रकाशित मिति: : 2019-10-06 00:12:56

प्रतिकृया दिनुहोस्