अमेरिकामा दशैंको टीका कहिले लगाउने हो त ?

मूल पुरोहित डा. शेखर पण्डित र पुरोहित मेघराज निरौला । फाइल तस्बिर ।

सोमवार र मंगलवारमा विवाद गर्नुपर्ने विषय नै होइन यस बर्षको बडादशैंको टीका । यो त आश्विन शुक्ल दशमी तिथिको सवैभन्दा उत्तम समयको शुभसाईतमा भगवतीको प्रसादस्वरूप टीका जमरा आफ्ना मान्यजनहरूबाट आशिषसहित ग्रहण गर्ने शास्त्रीय परम्परा हो ।

जुन ठाउँमा आफू बसिन्छ त्यही ठाउँको दिनमान, रात्रीमान, तिथि र नक्षत्रहरूका घडिपला पनि अबस्य नै मान्नु पर्छ । जस अनुसार यसवर्ष शुभ विजयादशमीमा देवी विसर्जन तथा टीका जमरा ग्रहण मुहूर्त :

- अमेरिकाको सेन्ट्रल टाइम अनुसार यस वर्ष October 07, 2019 Monday @२०७६ असोज २० गते सोमवार प्रात: 10:51AM मा देवी विसर्जन गर्ने र सोही दिन oct. 07 प्रात: 11:11 AM देखि 11:45 AM सम्म टीका जमरा ग्रहणको शुभसाइत वा शुभमुहूर्त रहेको छ ।

यसै गरी Oct 07 सोमवारकै दिन दिवा 03:11PM -03:56PM को समयमा दशमीको ‘विजय’ नामक शुभमुहूर्त रहेकोहुँदा यो साइत पनि टीका जमरा ग्रहणका लागि विजयप्रदायक छ ।

यी दुवै शुभ मुहूर्तहरू यसवर्षको दशैंको टीका जमरा ग्रहण गर्न सर्वोत्तम रहेका छन् । सेन्ट्रल टाइमजोन बाहेक अन्य राज्यमा भनेँ यो दिइएको समयमा आफ्नु स्थानीय समयलाई जोड वा घटाउ गरेर मात्र स्थानीय साइत मान्नुपर्दछ र टीका उठाउनु पर्दछ ।

- धेरैको तर्क छ ‘नेपालमा घाम पहिले उदाउछन् कि अमेरिकामा ? नेपाल भन्दा अमेरिका 10 घण्टा 45 मिनट पछि छ, तिथिचाहिँ कसरी अघि आयो ?’ भन्ने ।

- यस्तो तर्क गर्नेले के बुझ्नु पर्छ भनें त्यही 10 घण्टा 45 मिनट समय ढिला हुनाले तिथि पहिले आएको हो भनेर । किनकि नेपालकालागि गौरीशंकर हिमालको सूर्योदयका आधारमा पात्रो बन्दछ । औसतमा 24 घण्टा चल्ने एउटा तिथि सूर्योदयको समयबाट जति घण्टा बाँकि छ त्यति नै तिथिको मान पात्रोमा राखिन्छ । जस्तै सूर्योदय बिहानको 06 बजे छ र त्यसदिनको मानौं दशमी तिथि 25 घडि वा 10 घण्टा पात्रोमा राखिएको छ भनेँ दशमी तिथिको जम्मा 24 घण्टा मध्येको अरू 14 घण्टाचाहिँ सूर्योदयभन्दा पहिले नै सक्किसकेको रहेछ भन्ने बुझ्नु पर्दछ । त्यो 14 घण्टा नेपाकालागि अघिल्लो दिनको सन्ध्या र पूर्णरात्रिकाल भएको हँदा सूर्योदय पछि बाँकि रहेको 10 घण्टाको तिथिमा चाडपर्व मनाउने हो । तर अमेरिका क्यानाडा आदि ठाउँमा जुन समय वा बाँकि रहेको 10 घण्टाको तिथिको कालमा नेपालमा विजयादशमी मनाइन्छ त्यतिवेला यहाँ रात्रिकाल हुन्छ, रात्रीमा टीकाको साइत गर्न मिल्दैन । अनि अमेरिकामा पनि सोही वारको सूर्योदय पछि साइत गर्छु भन्दा तिथिको समय सक्किसकेको हुन्छ । यसोहुँदा जो तिथिको पहिलो 14 घण्टाको समय नेपालमा सूर्योदयपूर्व नै समाप्ति भएको थियो त्यसबेला अमेरिकाको समय अनुसार दिनको समय पर्ने हुनाले त्यो समयको प्रयोग हामीले गरेको मात्र हो । हामीले अमेरिकामा सोमवार दशैंको टीका लगाउने साइत वा समयमा नेपालमा पनि दशमी तिथि नै चल्दै हुन्छ तर नेपालमा रातको समय भएको कारणले टीका मनाउन उज्यालो हुन्जेल पर्खिएका हुन्छन् ।

अक्टोबर ७ मा टीका लगाउने पक्षधर एनसीएससीका अध्यक्ष सुरेश चन्द्र पोखरेल र पुरोहित मेघराज निरौला

- जसरी नेपालमा मंगलवार बिहान कसैको जन्म भएमा अमेरिका बस्नेले सोमवार बेलुका नै बालक जन्मेको अवसरमा खुशियाली मनाउछ अर्थात् अमेरिकामा समय 12 घण्टा ढिला भएकाले मंगलवार विहान भएपछि मात्र खुशियाली मनाउछु भन्दैन त्यसैगरी नेपालमा मंगलवार बेलुका 04 बजे सकिने तिथि पनि अमेरिकामा मंगलवार विहान 04 बजे सकिन्छ भन्दा त्यत्रो आश्चर्य मान्नुपर्ने केही देखिदैन । किनकि तिथिहरू खगोलीय हुन् एकैपल्ट सवैतिर चल्छन् । समय र वार भूगोलीय हो ठाउँ अनुसार फरक पर्छ ।

तिथि र नक्षत्रहरू नेपालमा होस् या अमेरिकामा प्राय: एउटै बेलामा सुरू हुन्छन् र एउटै समयमा सक्किन्छन् । तारिख र वारसँग तिथिहरूको सम्बन्ध रहन्न । तारिख र वारचाहिँ घडिको समयसँगै रात्री १२ बजेबाट आफैँ परिवर्तन हुन्छन् तर तिथि र नक्षत्रहरूको परिवर्तन हुने आफ्नै गति हुन्छ । वास्तवमा तिथि र नक्षत्रलाई पृथ्वीको भौगोलिक भिन्नताका कारणले भएको समय अन्तरले प्रभाव पार्दैन । सूर्य र चन्द्रमाको गतिको अन्तरबाट तिथि बनेको हुन्छभनें चन्द्रमाको २७ कला मध्येको एक कला बराबर एक नक्षत्रको समय बन्दछ । तिथिको निर्माण गर्दा पूर्वबाट जति पश्चिम गयो उति देशान्तर अर्थात् Longitude धनात्मक हुदै जान्छ वा जोडिदै जान्छ तर घडिको समय वा Time संस्कार गर्दाचाँहि पूर्वबाट जति पश्चिम गयो त्यति देशान्तर अर्थात् Longitude ऋणात्मक हुदैं जान्छ वा समय माइनस हुदैं जान्छ । यसरी पश्चिममा तिथिबढ्ने र समय घट्ने हुँदा आफसेआफ अमेरिकामा पहिले परिहाल्छ । त्यही भएर पूर्वमा समय पहिले आउनेहुँदा पूर्वी समयअनुसार हेर्दा पश्चिममा तिथिहरू पहिले आएजस्तो लागेकोमात्र हो । यो विजया दशमीका लागि मात्र नभएर वर्षभरीका सवै तिथिहरूका लागि एकै नियम र एकै सिद्धान्त हो । 

यो पनि पढ्नुहोस् 
यसपालिको 'आयुद्रोण सूते ....' अक्टोबर ८ मा

साधारणतया ६० घडि अर्थात् २४ घण्टा चल्ने एउटा तिथि स्थानीय समयको फरक अनि रात र दिनमध्ये पर्वहरू दिनमा मनाइने कारणले गर्दा पश्चिमतिर पहिले र पूर्वतिर पछि परेको जस्तो हामीलाई लागे पनि एकै समयमा सवैतिर परेको हुन्छ भन्ने कुरा विर्सन हुन्न ।

अक्टोबर ८ मा दशैको टीका लगाउने एनसीएससीका मूलपुरोहित डा. शेखर पण्डित वास्तवमा नेपालको पात्रो अनुसार नेपालमा पनि यसवर्ष विजया दशमीतिथि oct 07 सोमवार दिउसो ०३:०६ बजेबाट नै सुरु भएको हुन्छ र oct 08 मंगलवार दिवा ०४:१९ सम्म रहन्छ । यसरी नेपालमाचाहिँ सोमवार नै दशमी तिथि सुरु भएपनि मंगलवार दिनभर दशमी तिथि नै रहनेहुँदा सोमवारको रात्रीको समय कटाएर नेपालमा मंगलवार बिहान १०:३५ बजेका लागि साइत जुरेको/ जुराइएको हो ।

यो पनि पढ्नुहोस् 
दशैंको टीका अक्टोबर ७ मा कि ८ मा : कहीँ नभएको जात्रा डल्लासमा !

- तर नेपालमा सोमवार दिवा 03:06 PM मा सुरु भएको दशमी तिथि अमेरिकामा टेक्सासको स्थानीय समय अनुसार oct 07 सोमवार प्रात: 04:22 AM मा नै सुरू हुन्छ र नेपालमा मंगलवार बेलुका ०४:१९ बजे दशमी तिथि पुरा हुँदा टेक्सासमा त्यसको १० घण्टा ४५ मिनेट पहिले अर्थात् oct 08 मंगलवार प्रात: 05:34 AM मा नै दशमी तिथिको घडिपला समाप्ति हुन्छ । सूर्योदयचाँहि सो दिन oct 08 मा डालसमा प्रात: 07:29AM मा मात्र हुन्छ ।

- यसरी October 08 मंगलवार टेक्सासमा सूर्योदयभन्दा ०१ घण्टा ५५ मिनट पहिले नै दशमीतिथि पूर्ण भएर एकादशी लागिसक्ने देखिन्छ ।

यो पनि पढ्नुहोस् 
नमुछे आमा दहीमा टीका...

(निरौला टेक्सास डल्लासस्थित नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्र(NCSC ) का पुरोहित हुन् । यो उनको निजी विचार हो । यसमा ब्रेक एन लिंक्सको सम्पादकीय धारणा प्रतिविम्वित भएको छैन । सम्पादक)

प्रकाशित मिति: : 2019-10-05 06:07:33

प्रतिकृया दिनुहोस्