दशैंको टीका अक्टोबर ७ मा कि ८ मा : कहीँ नभएको जात्रा डल्लासमा !

दशैको टीका : अध्यक्ष र पुरोहितलाई अक्टोबर ७, मूलपरोहितलाई अक्टोबर ८ : कहीं नभएको जात्रा डल्लासमा । एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स

नेपालमा भए कहीं नभएको जात्रा हाँडीगाउँमा भनिन्थ्यो । अमेरिकामा हाँडीगाउँ छैन । तर, दिमाखको त्यही भूगोल लिएर अमेरिकाको टेक्सास आएका नेपालीले त्यहाँको डल्लासलाई मिनी हाँडीगाउँ बनाइ दिए । बर्मा गए कर्मसँगै, नेपाल गए कपालसँगै, अमेरिका आए आचरणसँगै भनेझैं डल्लासमा पनि त्यस्तै जात्रा देखाइदिए । अरू आधारमा त नेपालीलाई बाँडे, बाँड़े- यस वर्ष त दशैंको टीका अक्टोबर ७ मा लगाउने कि ८ मा लगाउने भनेर पनि बाँडे । 

डल्लास अमेरिकाको यो क्षेत्रको एक मिनी नेपाल नै हो । यो मिनी नेपालमा राम्रै तरक्की (पैसा कमाउने) गर्ने धेरै नेपाली छन् । यो राम्रो पक्ष छ । तर, पैसा कमाएपछि नेपालीसँग अरू पनि खरावीहरू सँगै आउँछन्, ती पनि यहाँ बाक्लै छन् । त्यस्तै एउटा खराबी हो- सबै नेता हुनुपर्ने, त्यसका लागि संस्था खोलेर भिजिटिङ कार्ड बाँड्नैपर्ने । डल्लासको नेपाली डायस्पोरामा यो पनि एक महामारीकै रूपमा छ । अलिकति पैसा कमाएपछि यहाँका हरेक नेपाली समाजसेवी, सामाजिक अभियन्ता र सञ्चारकर्मीमा बढुवा हुन्छ ।

यो पनि हेर्नुहोस- दशैं आयाे ! खाेइ तलब? मेयरलाई साेध

आधा वर्षदेखि जुम्लाको चन्दननाथ नगरपालिकालेचार स्कुल- कर्णाली मावि अनामनगर, चन्दननाथ मावि खलंगा बजार, रत्नचूडेश्वर मावि बाेहरागाउँ र भैरव मावि धुपिढुस्कासका शिक्षकले तलब पाएका छैनन् । मेयरले विद्यालयको खाता नै रोक्का गरिदिए पछि यी शिक्षकको घरमा दशै आउन सकेको छैन । के यही दादागिरि गर्नलाई गाउँ गाउँमा सिंहदरवार ल्याइएको हो ? Details 


डल्लासमा नेपालीका विभिन्न पृष्ठभूमिका अनेकौ संस्था छन् । कोही कसैलाई गन्दैन, सबैले आआफ्नै संस्था ठूलो र महान् भन्छन् । यसो गर्दा यी संस्थाहरूले नेपालीलाई जोड्ने हैने, छुट्याउने काम गरिरहेका छन् । तर, यो सत्य कोही स्विकार्नेवाला छैन ।  

यहाँका धेरै संस्थामध्येको एक हो-  नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्र(NCSC ) । यो धर्म र संस्कृतिको नाममा स्थापित संस्था हो । धर्म भावना र आस्थासँग जोडिने भएकाले यसको जोड्ती अलि गतिलो हुन्छ । त्यसमा पनि नेपाल र नेपाली ब्राण्डिङ गरिदिएपछि त 'गजब्बै' हुन्छ । 

अहिले यो संस्था युलेस मेगा प्रोजेक्टका नाममा ठूलै सपना लिएर अगाडि बढेको छ । शिवरात्रीमा युलेसमा भव्य मन्दिर निर्माण शुभारम्भ गर्ने भनेर सिंगो समुदायलाई परिचालित गरेर ठूलो धनराशी संकलन गरिरहेको छ । यसका लागि यहाँका धेरैजसो नेपाली जोडिएका पनि छन् । 

नेपालमा कसैलाई सराप्नु पर्यो भने अर्झै पनि 'तेरो घरमा कांग्रेस पसोस्' भन्ने चलन छ । कतिले यो किन भनेको भनेर थाहा नपाएकाले अनुहार खुम्च्याउन सक्छन्, कति कांग्रेसजनलाई यो भनेको मन नपर्न सक्छ, त्यो बेग्ले कुरा हो । तर, सत्य के हो भने खासगरी पूर्वी नेपालमा आज पनि कसैलाई श्राप दिनुपर्यो भने यसो भन्ने पुस्ता बाँचेकै छ । 

यो नेपालको कुरा भयो । तर, अमेरिकाको खासगरी टेक्सासको डल्लासमा भने त्यसो नभनेर यसो भन्न थालिएको छ- तेरो संस्थामा 'माधवगुरू' पसुन् । अरू ंसंस्थामा त उनको पहुँच पुग्दैन क्या रे । तर, धार्मिक र ज्योतिषसँग सम्बन्धित संस्थामा भने माधवगुरू पसेपछि काम 'तमाम्' भएका अनेक दृष्टान्त छन् । उनको पृष्ठभूमि नजान्ने धेरैलाई भ्रम छ । उनी ज्योतिषलाई मेजर विषय बनाएर पढेका ज्योतिषी नै हैनन् , उनको विषय साहित्य हो । तर, नेपालमा एउटा विशेष परिस्थितिमा पृथ्वीनारायण शाहका मूलपुरोहित वशिष्ठगोत्रीय भट्टराई भएको खास कारणले तत्कालीन नारायणहीटी दरवारमा नायव बडागुरू हुन पुगे । त्यसको केहीपछि पञ्चाङ्ग निर्णायक समितिका तत्कालीन  प्रा.डा. मंगलराज जोशीको निधन भएकाले उनी पञ्चाङ्ग निर्णायक समितिको अध्यक्ष हुन पुगे । उनी नायव बडागुरू भएकै बेला नेपालको राजसंस्था पनि सकियो । त्यतिबेला दरवारनिकट मानिसहरूले उनलाई 'अलच्छिना' रहेछन् भन्ने गर्थे । कारण, यिनी दरवारमा नायव बडागुरू भएकै केही दिनमा तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएको थियो । राजसंस्था सकिए पनि त्यही पृष्ठभूमि भजाएर श्रीमती कान्ता भट्टराई कमल थापाको पार्टीमा केन्द्रीय सदस्य हुँदै सांसद र राज्यमन्त्री पनि बनाए । 

माधवगुरू मन्दिरका मूलपुरोहित डा. शेखर पण्डितलाई त्यहाँबाट हटाएर उनीसँगको पुरानो हिसाबकिताब चुक्ता गर्न चाहन्छन् । त्यसो गर्दा त्यहाँ आफ्ना शिष्य मेघराज निरौेलालाई मूलपुरोहित बनाउन पनि सकिन्छ र उनीमार्फत् अमेरिकामा रहेको भुट्निज नेपाली समुदायलाई पनि आफ्नो जजमानी बजार बनाउन पाइन्छ भन्ने माधवगुरूको कुटील चाल हो । संस्थाका अध्यक्ष पोखरेल पनि त्यही चालको गोटी बन्न पुगे । डल्लासको नेपाली डायस्पोराका लागि यो एक आत्मघाती कदम हो ।  

उनै माधवगुरू जब डल्लास आए र नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्रमा प्रवेश गरे । त्यसपछि सुरू भयो-' माधव गुरू पसुन्' को त्यो श्रापित राजनीति । उनी त्यहाँ भएका दुई पुरोहितमध्ये मेघराज निरौलालाई च्यापेर एउटा कि्त्तामा लागे। मन्दिरका मूलपूरोहित डा. शेखर पण्डितसँग दरवारिया भूमिकामा हुँदा नेपालदेखिकै केही 'हिसावकिताव' बाँकि थियो जस्तो छ ।यहाँको एक पृथ्वीनारायण शाहवाला संस्थाले बनाएको पात्रोलाई आधार बनाएर उनले दशै राजनीति शुरू गरे ।

यो पनि हेर्नुहोस्- यो हो दशैंमा भेडा ल्याउनेको राम कहानी! (भिडियोसहित)

हामी त्यहाँ पुग्नासाथ उनले भने, 'भेडा किन्न आउनुभएको हो ?' मैले भने, 'हैन, तपाईंसँग केही कुरा गरूँकी भनेर आएको।' ५५ बर्षका हँसिला तिलक 'हुन्छ, किन नहुनु ?' भन्दै खुशी देखिए। तिलक घरबाट हिडेको एक सातामा भेडा लिएर नेपाल पसेका रहेछन्। 'सातौ दिन मैले मनभरी भात खान पाएँ',  उनले भने, 'आनन्दले सुत्न भने अझै तीन दिन पाउँदिन होला।?'Details

दशैलाई मोहरा बनाएर सुरू भएको यो राजनीतिमा उनी आफ्ना शिष्य मेघराज निरौलालाई लिइर अक्टोबर ७ वाला दशैमा लागे । उता, संस्थाका मूलपुरोहित डा. शेखर पण्डित भने  नेपालकै हिसाबले अक्टोबर ८ मै दशैंको टीका लगाउने पक्षमा अडिग रहे । अब यो संस्थामा माधव गुरू पसुन् को करामत देखियो । संस्थाका मूलपूरोहित डा.पण्डित  अक्टोबर ८ मै दशैंको टीका लगाउने भए भने पुरोहित मेघराज अक्टोबर ७ मा । सुरूमा संस्थाले अक्टोबर ८ मा दशैंको टीका लगाउने भने पनि त्यसमा संस्थाका अध्यक्ष सुरेशचन्द्र पोखरेल टिकेनन् । पछि, माधवगुरूवाला पञ्चाङ्ग निर्णय समितिको निर्णयानुसार भन्दै अक्टोबर ७ वालाका पक्षमा लागेर प्रेस विज्ञप्ती नै निकाल्न पुगे । यसबाट दशैंलाई लिएर संस्था नराम्ररी दुई फ्याकमा बाँडियो । मूलपुरोहित र पुरोहितका जजमानहरू पनि दुई फ्याकमा बाँडिए । संस्थाका सदस्य र शुभचिन्तकहरू पनि ठाडो चिामा चिरिए ।

यसले गर्दा धार्मकि हिसाबले एक भएको डल्लासको नेपाली समुदाय नै नराम्ररी विभाजित हुन पुग्यो । पुरोहित र मूलपुरोहितभन्दा पनि अगाडि बढेर संस्थाका अध्यक्ष पोखरेल नै दशैंको नेपाली सनतातनविरूद्ध उभिएर पुरोहितको पक्षमा लागे । अब मूल पुरोहित पक्ष जो नेपालकै समयका आधारमा अक्टोबर ८ मा दशैंको टीका लगाउँछ- त्यो पक्षले किन उनको साथ दिने ? किन उनको युलेस मन्दिर परियोजनालाई सघाउने ?

एक उपसचिवको कथाः पिएचडीको सर्टिफिकेट बोकेर वृद्धाश्रममा (भिडियो सहित)

शान्तिप्रियाको मानसिक अवस्थामा अहिले पनि सुधार हुन सकेको छैन। त्यसैले उनी धेरै कुरा ठ्म्याउन असमर्थ छिन्। तर, उनलाई एउटा कुरा अझै याद छ, आफ्नो घर बाहिर टाँगिएको दुई वटा बोर्ड, जसमा लेखिएको छ–‘डा. शान्तिप्रिया उपाध्याय।’Details 

माधवगुरू मन्दिरका मूलपुरोहित डा. शेखर पण्डितलाई त्यहाँबाट हटाएर उनीसँगको पुरानो हिसाबकिताब चुक्ता गर्न चाहन्छन् । त्यसो गर्दा त्यहाँ आफ्ना शिष्य मेघराज निरौेलालाई मूलपुरोहित बनाउन पनि सकिन्छ र उनीमार्फत् अमेरिकामा रहेको भुट्निज नेपाली समुदायलाई पनि आफ्नो जजमानी बजार बनाउन पाइन्छ भन्ने माधवगुरूको कुटील चाल हो । संस्थाका अध्यक्ष पोखरेल पनि त्यही चालको गोटी बन्न पुगे । डल्लासको नेपाली डायस्पोराका लागि यो एक आत्मघाती कदम हो ।  

संस्थाले गर्नु चाँहि के पर्थ्यो भने उसले दशैलाई विवादमा ल्याउनु हुदैन थियो । यत्रो ठूलो परियोजना चलाइरहेको संस्थाले हाललाई नेपालकै अनुसार सनातनी दशैं मनाउन आग्रह गर्नुपर्थ्यो । त्यसो हुँदा विवाद नै आउँदैनथ्यो। त्यसो गर्न सकिदैन थियो भने पनि आफू तटस्थ बसेर दुबै पक्षलाई सम्मान गर्नु पर्थ्यो । त्यसो नगरेर यो संस्थाले एक गम्भीर गल्ती गरेको छ । यसबाट उसको परियोजनालाई त धक्का पुग्छ नै, नपाली डायस्पोरालाई अरू विभाजित गर्न सहयोग पनि पुग्छ । 

नयाँ पुस्ता यसै पनि हिन्दू धर्मका कतिपय कुराहरू समयानुसार तर्कसम्मत र वैज्ञानिक भएनन् भनेर विकर्षित भैरहेको अवस्था छ । यस्तो अवस्थामा दशैको टीका पनि एक दिन बनाउन नसक्ने 'धर्मभीरू'हरूको पछाडि किन लाग्ने भन्ने ? उनीहरूको मतलाई मलजल पुग्छ । अझ त्यसमा पनि एउटै संस्थाका मूलपुरोहितका लागि एकदिन पछाडि टीकाको शुभसाइत हुने अनि पुरोहित र अध्यक्षका लागि एक दिन अगाडि नै साइत आउने भनेपछि यो जति गाइजात्रा के हुन्छ ? विनाशकाले विपरति वुद्धि भनेझै अहिले भएको त्यही हो । 

त्यसैले अमेरिकाको अन्य नेपाली डायस्पोराका मानिसहरू भनिरहेका छन्- कहीँ नभएको जात्रा डल्लासमा ... त्यो पनि दशैंमा । 

प्रकाशित मिति: : 2019-10-03 10:10:16

प्रतिकृया दिनुहोस्