बयान, प्रतिबयान र महरामाथिको अभियोग

'सम्माननीय' सभामुख महरा : लौ त छुटौं, अब शायदै भेट होला । तस्बिर : फाइल

सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लगाउने संसद सचिवालयकी नर्स रोशनी शाहीले त्यो जुगुप्शामय घटनालाई सार्वजनिक गरेको ३ दिन नबित्तै आफ्नो बयान फेरेर सबैलाई आश्चर्यचकित, अन्यौलग्रस्त र क्षुब्ध बनाइदिएकी  छिन् । रोल्पामा लामो समय शिक्षक रहेका वामपन्थी नेता के. बी. महराकी पूर्व विद्यार्थी र लामो समयदेखि उनको मजबुत संरक्षणमा रहेकी शाहीले आफैँले सार्वजनिक गरेको यस विवादास्पद प्रकरणलाई लिएर दिएको नयाँ बयानमा  'महरामाथि आफूले अघिल्लो पटक लगाएको आरोपमा कुनै सत्यांश नभएको, त्यस्तो कुनै घटना नै नभएको, त्यस रात उनी आफ्नो डेरामा नआएको, उनलाई आफूले बाउ समान मानेको' भन्दै 'डिप्रेसनको औषधि खाइरहेकोले त्यसको प्रभावमा रहेकी आफूले त्यतिबेला के भनेँ, के गरेँ भन्ने कुराको याद नै नभएको'  समेत जनाएकी छिन् ।

पहिलो पटक हाम्राकुरा भन्ने अनलाइन जर्नल मार्फत सर्वजनिक भएकी कथित पीडितले यस पटक नागरिक न्युज भन्ने अर्को सञ्चार माध्यमलाई प्रयोग गर्दै आफ्नो अघिल्लो दिनको दावीबाट १ सय ८० डिग्रीको युटर्न लिएकी हुन् । यसरी कथित पीडितले नै आफूले पहिले गरेको दावीलाई छोडेर ती भीआईपीलाई बलात्कारको आरोपबाट उन्मुक्ति दिन चाहेपछि बलात्कारको यो गम्भीर मुद्दा विधिवत् छानबिन बिना नै सामसुम हुने सम्भावना बलियो भएको छ ।

हुन त यो मुद्दाले आकार लिन बाँकि नै थियो । यो सम्वेदनशील मुद्दा तथाकथित पीडितको दावीका बलमा अनलाइन भिडियो च्यानलहरू र फेसबुकजस्ता सामाजिक सञ्जालमार्फत भाइरल त भएको थियो तर प्रहरी कार्यालयमा त्यसको प्रारम्भिक जाहेरी प्रतिवेदन (एफ्आईआर्) विधिवत् दर्ता नभएकोले कानूनको नजरमा यसको कुनै अस्तित्व थिएन । प्रहारी थानामा दर्ता नभएको मुद्दाको न्यायिक छानबिन भई अदालतबाट निरूपण हुनसक्ने कुरा पनि थिएन । अहिले आएर अभियोजन पक्ष स्वयम्ले नै खुट्टा छोडिदिएपछि अरूले यो सम्पूर्ण प्रकरणलाई कसरी हेर्ने भन्ने कुरालाई लिएर देशमा एउटा नयाँ विवादको विजारोपण भएको छ ।

सहज बुद्धिको कसीमा राखेर हेर्दा भने रोशनी शाहीको दोस्रो बयानलाई पत्याइहाल्न त्यति सजिलो चाहिँ छैन । पहिलो बयानका बेलामा उनले आफूलाई बलात्कार गरेको कुरालाई सत्यापित गराउँन प्रस्तुत गरेका दसी प्रमाणहरू एकदम नै मजबूत थिए । त्यस रात रोशनीको कोठामा महराको उपस्थिति जनिने सरसामानहरू जस्तै उनको सिसा फुटेको चश्मा, आधा खाली ह्विस्कीको बोतल, सितनसहितका प्लेटहरू र उनको जुत्ताको लेस पनि भिडियोमा देखाइएका थिए । प्रहरीको टोली आएर तिनको फोटो खिचेर लगेको दावी पनि गरिएको थियो । आफ्नो यौन प्रस्ताव अस्वीकार गरेपछि उग्र भएका महराले निर्घात कुटेका कारण भएको नीलडाम र लागेको घाउचोट पनि शाहीले क्यामेरामा देखाएकी थिइन् ।

रोशनीले अहिले आएर त्यस रात महरा आफूकहाँ आउँदै नआएको जुन दावी गरेकि छिन् त्यसको खण्डन त महरा आफैँले पत्रकारहरूसँग टेलिफोनमा कुरा गर्दै 'आफूले बलात्कार जस्तो अपराध नगरेको तर त्यस दिन रोशनीको कोठामा गएको' कुरा स्वीकार गरेपछि स्वत: भइसकेको छ । त्यति मात्र होइन, कथित रूपमा बलात्कार भएको रातमा रोशनीको डेराबाट आफ्नो घर फर्केपछि महराले फोन र मेसेन्जर मार्फत त्यस रातको घटनाका लागि 'सरी' र फर्गेट् यस्टर्डे भनी रोशनीसँग अनुनय विनय गरेको प्रमाण पनि दुवैथरीको मोबाइलमा मौजूद छ भन्ने दावी मिडियाहरूले गरेका छन् ।

रोशनीले पहिलो बयानमार्फत आफूमाथि लगाएको आरोपमा रत्तिभर पनि सत्यांश नभएको भए सभामुख महराले यसलाई सम्पूर्णत: खारेज गर्न सक्थे । आफ्नो र रोशनीका बीच स्वाभाविक र पवित्र सम्बन्ध मात्र थियो भने त्यसको यथार्थतालाई बाहिर ल्याएर यो विवादको अन्त्य गर्न सक्थे । तर, सायद महरा कतै चुकेका छन् त्यसैले उनमा समाजको सामना गर्ने नैतिक बल साहस छैन । 

साथै, सभामुख महराले काइते भाषा प्रयोग गरेर नै किन नहोस्, 'आफूमाथि  लागेको आरोपको छानबिन गर्न सजिलो होस्' भन्दै आफ्नो पदबाट राजिनामा पनि दिएका छन् । रोशनीले पहिलो बयानमार्फत आफूमाथि लगाएको आरोपमा रत्तिभर पनि सत्यांश नभएको भए सभामुख महराले यसलाई सम्पूर्णत: खारेज गर्न सक्थे । आफ्नो र रोशनीका बीच स्वाभाविक र पवित्र सम्बन्ध मात्र थियो भने त्यसको यथार्थतालाई बाहिर ल्याएर यो विवादको अन्त्य गर्न सक्थे । तर, सायद महरा कतै चुकेका छन् त्यसैले उनमा समाजको सामना गर्ने नैतिक बल साहस छैन । 

यी वस्तुतथ्यहरूको प्रकाशमा हेर्दा रोशनीको पछिल्लो बयान स्वैच्छिक नभएर दवाबबाट आएको हो यकीनका साथ भन्न  सकिन्छ । धेरै समय पहिलेदेखि आफ्नो राजनीतिक संरक्षणमा रहँदै आएकी र आफ्नै अफिसमा सानो तहको जागिर खाएर जीविका चलाइरहेकी एउटी कमजोर महिलालाई कुनै प्रकारको प्रलोभन दिएर अथवा धम्क्याएर आफू अनुकूल बयान दिन लगाउनु महराजस्ता सत्तासिन दलका बाहुवली नेताका लागि खासै गार्‍हो काम पनि त होइन ।

बोलीवचनमा नम्र सुपठित कम्युनिस्ट नेता कृष्णबहादुर महराको नाममा यसअघि पनि केही गम्भीर अपकर्महरू दर्ता भएका छन् । जस्तै:
१. यिनी इसाई धार्मिक उपनिवेशवादी पश्चिमा शक्तिहरूका नेपालका सबैभन्दा ठूला एजेण्ट हुन् । अहिले देशमा कृश्चियनहरूको जुन बिग्बिगी छ र तिनले समाजको सद्भाव बिथोल्न जेजस्ता हथकण्डा अपनाइरहेका छन् त्यसका लागि केही हदसम्म यिनी पनि जिम्मेवार छन् ।

२.उग्र कम्युनिस्ट भडकाववाद, जातिवाद र क्रिश्चियानिटीको फ्युजन गराई माओवादीहरूले पहाडका सोझासिधा युवाहरूको हातमा बन्दुक हालिदिएर पूरा देशलाई नै ५०औँ वर्ष पछाडि धकेल्ने जुन नकाम गरे त्यसलाई अघि बढाउँनमा यिनको व्यक्तिगत योगदान सबैको भन्दा धेरै छ । माओवादीको आधारभूमि राप्ती अञ्चलको रोल्पा जिल्लाको एउटा हाइस्कूलमा हेडमास्टर भएकाले यिनले त्यस भेगका धेरै युवाहरूको दिमाग भुटी आत्महन्ता जनयुद्धमा होमिदिएर तीमध्ये ९९ प्रतिशतको जीवन नष्ट पारिदिएका थिए ।

३. यिनलाई भ्रष्टाचारका जीवन्त प्रतिमूर्तिभन्दा पनि फरक पर्दैन । गृहमन्त्री हुँदा यिनले आफू सुन तस्करीको विशाल समुद्रको एउटा सानो माछा भएको उद्घोष सार्वजनिक रूपमै गरेका थिए ।

४. संविधान सभाको चुनावताका यिनले चाइनिज व्यापारीहरूसँग पार्टीका लागि ५० करोड रुपैयाँ मागेको वार्तालापको अडियो टेप खूब बजेको थियो ।

महरा हेडसरको महिमा गजबकै छ ! अण्डरवेयरका पनि कच्चा छन् भन्ने कुरा भने भरखरै खुलेको हो ।

 
 
प्रकाशित मिति: : 2019-10-02 09:07:36

प्रतिकृया दिनुहोस्