अज्ञात समूहले पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको गाडीमा बम विस्फोट भएको छ। पोखरा–१७ हिमालीटोलस्थित निवासमा पार्किङमा राखेको गाडीमा सोमबार अज्ञात समूहले बम विष्फोट गराएको हो।
वडाध्यक्ष आचार्य चढ्ने ग २ च ४२६ नं को हाइलक्स गाडीमा बिहान करिब २:०० बजे बम विष्फोट भएको गण्डकी प्रहरी प्रदेश कार्यालयका प्रमुख विनोद शर्मा घिमिरेले जानकारी दिए।
विष्फोटनबाट नजिकैको घरमा समेत क्षति पुगेको छ। घटनाबारे अनुसन्धान भइरहेको घिमिरेले जानकारी दिए।