करिव तीस जना शिक्षक शिक्षिकाको एक समूह लिएर स्कुल बस ब्याकग्राउन्डमा गीत गुन्जाउदै खारापानीतिर गुडिरहेको रहेछ। सायद म त्यही बसको पर्खाइमा एक घन्टा विताइ सकेको थेँ । एक्कासी मेरो मोवाइलको रिङ टोन बज्यो रिसिभ गरे खवर रहेछ बस नजिकै आइपुग्न आँटेको। लाग्यो पर्खाइको अवधि सकिएछ अव।
साँच्चै पर्खिनु र पर्खाउनु कति धेरै गाह्रो रहेछ मैले राम्रैसँग अनुभूत गर्ने मौकÞा पाए त्यतिवेला तीव्र गतिमा आइरहेको बस मेरो अगाडि एक्कासी रोकियो म त्यसैमा बिस्तारै चढे निश्छल स्नेहीपूर्ण मुस्कान मिसिएका मृद आवाजहरूले मेरो आतिथ्यलाई गुलावी हाँसो मिसाएर स्वागत गरे। त्यति धेरै घुलमिल एवं परिचित नभए पनि मन प्रफुल्ल भयो बिहानी शीतल पवन सँगैको स्नेहीताले मनमा खुसी छायो र छुट्टै रौनकता सहित साँघुरो बाटोमा फराकिला मनहरू बोकेर गुडिरहेको पहेंलो रंग पोतिएको बस बगर लामाचौर हुदै खारापानीतिर पुग्न आँटिरहेको थियो। जव सेती नदीमाथि लमतन्न सुतिरहेको पुल पार गरी उकालो चढ्छ बस अनि लुकी लुकी चियाउछन् त्यहाँका हरियाली पाखापखेराले हामीलाई।
पुरानापुराना गीतहरूको लयमा नाच्दै गाउँदै रमाउदै बसको गतिसँगै गुडिरहेका हामी स–साना पहाडकै आँगनीमा हराउँछौ घरिघरि त । एउटा समथर ठाउँमा पुग्छौ त्यहाँ गहुँका बाला खेत भरि झुले दृश्यसँगै साना चिटिक्क परेका सुन्दर घरहरू देखिन्छन् ती घरहरूले मेरो प्रिय गाउँ सिरूबारी सम्झाउँछ। त्यो दृश्यले अचानक मन तानियो अलिकति मेरो। कच्ची साँघुरो थाकेको बाटो हुदै हामी अगाडि बडिरह्यौं। जंगल बीच हुँदै जाँदा अलि दूर एउटा प्यासले छट्पटाई रहेको नदी देखियो बस त्यतै तिर बढीरह्यो। तर मन त्यहाँ जान मानिरहेकै थिएन नदीको बहावले छोलाछोला जस्तो बाटो। बाटोले छोलाछोला जस्तो नदी बहाव हुँदै एक डेड घन्टा यात्रापछि हामी खारापानी पुग्यौ र चारैतिरको सुन्दर दृश्य तर बीचमा एउटा धैरेको जीवन लुटेको मृत नांगो बगर लम्पसार परेर निदाएको देखेर मन मुटु बेस्सरी काँप्यो। केही समय मेरो र दर्दनाक पूर्व दृश्यसँगैको घटना एकाएक आँखामा दोहोरिए। बगर मौन थियो तर मृत आत्माहरू चिच्याइरहेकाथे। लाग्यो म र मेरा जस्ता कलिला सयौ जीवन, जीन्दगी र रहरहरू यही बगरको बालुवासँगै लिलामीमा छन्। केही बर्ष पहिलो तिनै आत्माहरूको श्रद्धा एवं शान्तिका लागि हामी करिव ८० र ९० जना मिलेर त्यहाँ पुगेको समय सम्झिएँ। दोहोरियो फेरि मेरो मन र आँखामा धेरैका शोकाकूल आखाहरूबाट आशु बर्सिएर नदी बनेको दृश्य, मनहरू भत्किएको पहिरो बनेको दृश्य। मेरो मन फेरि अमिलो बन्यो। मनमनै मैले तिनै मृतात्माप्रति श्रद्धान्जली अर्पण गर्दैथें। थाहा थिएन मलाई दिन र गते चाहि ठ्यक्कै यही हो जुन दिनमै हामी यहाँ आएका छौ आज।
एक्कासी दिलीप दाजुको मेसेज आयो घाम डुब्नुअघि ‘गजल संचयनको बिमोचनमा आउनू ल बैनी’ भनेर मेरो मोवाइलमा। त्यो गजल यही खारापानीको बाढीले लुटेकी छोरीको स्मरणमा रहेछ। म झस्किए पुनः अचानक सम्झिए त्यही पुगेर छोरी गुमाउदाको पीडामा भक्कानिँदै रोएका दाजु दिलीप दोषीलाई। सायद आज पनि त्यसरी नै रूने होलान भनेर मन साह्रै भारी बन्यो आँखा रसाए पनि। म त्यही ठाउँमा त्यही पूर्व स्मृतिमा दुखिरहेकोथें। एक्कासी अव माथि पिकनिक स्पोटतिर जाने भन्ने आवाज कानमा प¥यो अनि लाग्यौ एक एक वटा समान च्यापेर माथि डाँडातिर।
दस मिनेट हिँडेपछि हामी त्यहा पुग्यौ। मेरो भागमा पाच केजी टमाटर परेछ उकालो बाटोले पसिनै निकालियो। हाँस्दै, रमाउदै सेल्फी खिच्दै गन्तव्यमा पुगियो।
अहा ! त्यहाँबाट हेर्दा देखिने दृश्यले मन लुट्यो। दुवैतिर अग्लाअग्ला पहाड बीचमा बड़ो शालीन, शिष्ट देखिएर बगेको त्यही नदी। पहाडसँगै कुस्ती खेलीरहेको बैंसालु हावा। दृश्यमा साह्रै नजिकै देखिने, जाँदा धेरै समय लाग्ने ठाउँमा पहाडको माथिबाट झरिरहेको झरनाले त मन झनै नजिक तानिरहेथ्यो। सबै दृश्य क्यामेरामा कैद गरेर बिहानको खाजा, चिया र ब्रेड लियौ हामीले। लाग्यो सुन्दर चिजमै सवैकँ आखा लाग्छ यति सुन्दर छस र त खारापानी तलाई दैवले त्यति धेरै डाहा गरेर तहसनहस पारेको। त्यो बेला धन्न युदध गरेरै आफ्ना कलिला सन्तान गुमाएरै भए पनि अलिकति त जोगाएछस आफ्नो सुन्दरता चाहि।
गीत बजिरहेथ्यो चर्को आवाजमा। केही समयको आरामपछि मेडम र सरहरूको नृत्य सुरू भयो। आफू त न नाच्न जान्ने न गाउन नै तै पनि नियाली रहे सवैको उमंग। लाग्यो सुन्दर मान्छेलाइलाई नै भगवानले सुन्दर सवै चिज दिन्छन्। हेर्दा शिष्ट, सभ्य, गोरी, सफÞा मिहिनेति, निडर, आँटिली, कोमल मायालु हल्का मोटी नृत्य शिक्षिका माया मेडमको कलाले मलाई काउकुति लगाइरहेथ्यो। बिचरा ! म एक पटक पनि खुट्टा नउचालेकी मान्छे त्यो दिन त्यसै बेढंगको नृत्य गरें उनीहरू माझ तर पनि मेरो खुट्टा काँपिरहेथ्यो। नजानेको काम गर्न कति कठिन कति असहज तैपनि सिक्ने मोहमा जवरजस्ती बेढंग नृत्य गरियो।
करिव १ घन्टाको नृत्यपछि अति स्वादिष्ट खाना खाइयो र खाना पछि केही समय नाच्ने र गाउने फोटा लिने काम भए। घरि रिसाएर अँध्यारो हुने घरि खुसी भएर उज्यालो हुने छिनछिनमै रूप फेरिरहने मनमोहक खारापानी देखेर म छक्कै परिरहेथेँ। दिन ढल्किसकेको थियो साँझ पर्ने आँटेकोथ्यो प्रकृतिलाई साक्षी राखेर आआफ्नो परिचय दियौ हामीले। बल्ल था भो हामी परिचित हुन र केही समय रमाइलो गर्न यहाँ आएका रहेछौ। हेर्दा बृद्द जस्ता देखिए नि रत्न गुरूंङ, चन्द्र गुरूङ र आशिष सरको जाँगर र उत्साहले मनमा थपÞ उत्साह थपियो। घर फर्कने तयारीमा हामी खारापानीसँग बिदावारी भयौ र ओरालो बाटो लाग्यौ जुन बाटो बिहान चढेका थियौ।
खारापानी बढ़ो शालीन, शिष्ट, सभ्य र भव्य देखिन्थ्यो। तर त्यहाँका मृत आत्माहरूको मलिनता देखेर मन बगर जस्तै उदास बनेकोथ्यो। आफ्नै आफ्न्तको बिछोडमा आकुलव्याकुल देखिन्थे तिनीहरू तैपनि हामी सम्झाइ बुझाइ गरेर फर्कियौ गन्तव्यतिर मन गह्रौ बनाएर। बाटोमा सुरू भयो गीत, नाच, हाँसो मजÞाकÞ।
जति आरालो झर्छौ उति रमाइलो। !लाग्यो राखी मिस, माया मिस, अन्जु मिस, लिना मिस र जुलियस सर, विजय सर त नाच्नैका निम्ति जन्माइदिएको रहेछ ईश्वरले । मलाई उनीहरूको रमाउने कला देखेर मोह लाग्यो तर ममा त्यस्तो कला छैन। बाटो अझै लामो भए हुने जस्तो भयो मनमा तर दुर्भाग्य मेरो ओर्लिने ठाउँ आइपुगेछ म खुसी बटुलेर हात हल्लाउँदै बिहान जहाँबाट बस चढेथे त्यही ओर्लिए।