राेल्पाली एमालेको पीडा : हिजो वर्षमानको निसाना, आज उनकै कार्यकर्ता !

रोल्पामा माओबादीको दिउँसै आंतक हुन्थ्यो । एमाले साँझ हुनै लाग्दा संगठन बिस्तारमा जाग्थ्यो । बिहान हुँदा कुनैपनि गाउँमा जनताको बहुदलीय जनवादको वकालत गर्ने कोही  न कोही जाग्थ्यो । रोल्पामा एमाले बिस्तार गर्नु भनेको कांग्रेस र माओवादीका लागि अपराधी सरह मानिन्थ्यो । यी दुबै पार्टी शान्ति चाहदैन थिए । यो बेला – यी ओली, माकुने, झलन र बामराजालाई कुनै तरिकाले रोल्पामा ज्यानको जोखिम थिएन । थियो त केवल अहिले बिचरा बनेका, केही दयालु पात्रलाई थियो ।

रोल्पा जिल्लामा माओवादी आतंक हुँदापनि तत्कालिन एमालेका कार्यक्रता शक्तिशाली थिए । बर्षमान, ओनसरी, महराको निर्देशनमा दिउँसै हार्जङमा आगो लगाएर कार्यकर्ता मार्दा पनि डराएनन् तत्कालिन एमाले कार्यक्रता । निडर थिए, निर्दोष थिए । कुनैबेला दाङबाट गुण्डाको हुल ल्याएर ओनसरी घर्तीले नुवागाउँमा आंतक मच्चाउँदा पनि ओनसरी लखेट्ने जनताको बहुदलिय जनबाद पढेका एमालेजन आज उनै अपराधीको पछि–पछि कुद्नु पर्ने दिन सुरु भए ।

पार्टीमा 

मैदानमा थिए । उनीहरु नै वास्तविक रोल्पाका एमाले नेता हुन् । एमालेलाई एमाले मात्रै बनाएनन्, स्थानीय तहमा कुमार, गोकुल र शान्तहरुले गाउँपालिका पनि जिते । स्थानीय तह चुनाबमा एमालेले २ गाउँपालिका जित्यो, कुमारको रुन्टगिढी र गाकुल, शान्तको त्रिवेणी । 

बिस्तारै माओबादी शान्तिप्रकृयामा आएपछि अलिक शान्त वातावरण बन्यो रोल्पामा । खर्चवाला, ठेकेदारहरु पनि हामी पनि एमाले भन्दै उफ्रिन थाले । बिस्तारै उनीहरुकै पार्टीमा संख्या बढ्न थाल्यो । अन्तत: पार्टी नै ठेकेदारहरुको हातमा गयो । बर्षौदेखि मिलेर बसेका एमालेहरु पार्टीभित्रको चुनाबमा बिभाजित भए । रोल्पामा पनि गुट सुरु भयो । बर्षौसम्म पार्टीभन्दै हिडेका शान्तकुमार वलीले पार्टीभित्रै चुनाव गरेर जिल्ला अध्यक्ष हार्नुपर्ने अबस्था आयो । मलाई अहिले पनि याद छ, अध्यक्ष हारेपछि शान्तकुमार पार्टीमा अब ठेकेदारको हातमा गयो भन्दैः पार्टी कार्यालयबाट हातेब्याग बोकेर जुगारतिर लागेका थिए । कुमार दसौदीहरु यो दृश्य देखेर, कानमा एयरफोन लगाउदै रात्रीबसमा काठमाडौंतिर लागेङ । गोकुल घर्तीहरु लोकतान्त्रिक चोकमा हाफकट्टु लगाएर, कमरेड भन्दै हात मिलाउदै थिए ।

हिंसाको यात्रा र शान्तिको बाटो बिल्कुलै फरक छ । म शान्तिको पक्षमा थिए र छु पनि । मैले जनताको बहुदलीय जनवाद पढेँ । मार्क्सवाद र लेलिनवाद बुझे । यी बिचारहरु मेरो जीवनमा कहिलै भुल्न नसक्ने सूत्र बने ।

 

बिस्तारै एमालेप्रति जनताको आर्कषण बढ्दै थियो । एमालेका मुख्य ठेकेदार केपी ओलीले माओबादी पनि एमालेमा मिसाए । पार्टी मिसाउँदा पक्का एमालेहरु घेरा बाहिर परे । ठेकेदार र उनै हार्जङमा एमाले कार्यक्रता जिउँदै जलाउने माओबादीकै पुच्छर बनेर आखिर बर्षमान र ओनसरीकै पछि–पछि हिड्न बाध्य भए बिचरा एमालेहरु ।

कार्यकताहरु बिचल्लीमा परेका थिए । एमालेमा माओबादी मिसिएपछि, जिल्लाको नेतृत्व गर्ने ठेकेदार भन्दै थिए, राम्रो भयो । अब देशको समृद्धि हुन्छ । यो गतल थियो । पहिले हार्जङ, नुवागाउँलगायत जिल्लाभरमा माओबादीले दिएका चोटको उपचार गर्नुपर्ने होइन र ? हुनत, यी जिल्लाका ठेकेदारहरु हातारात बर्षमान र शिजलको हातबाट रातो टिका लगाएर, म आजैबाट माओबादी भए भनेको प्रस्टै छ । यतिसम्म निच काम पनि गर्दोरहेछ नेतृत्वले ? आफुलाई ठेक्का पर्ने सहमति भएपछि, बर्षौ पार्टी–पार्टी भन्नेहरुलाई अपमान ?

अहिले रोल्पामा एमालेको नाम निसाना छैन । छ त केवल हजारौं कार्यकर्ताको पसिनाबाट बनेको चिटिक्क परेको पार्टी कार्यालय र कार्यालयमा माओबादीको झण्डा र दस्ताबेजमा बर्षमानका काला कतुर्तहरू । एमाले कार्यकर्ताको पसिनामा बसेको पार्टी कार्यालयमा आफै दिन-रात चोट दिएका माओबादी रजाइँ । वा.. यस्तो नरमाईलो दृश्य देख्दा हाम्रो मन रुन्छ ।

२०७४ सालको निर्वाचनमा पनि गोकुल, कुमार वा शान्त सांसद बन्नुपर्नेमा, दिउँसै जिउँदा सहीद बनाइयो । भारतमा मजदुरी गर्नेलाई रोल्पाको नाममा सांसद बनाइयो । यी सबै तमासा देख्दा, अब म त एमाले रहिन । तपाईं पनि सोच्नुहोस् । हामीसँग जनताको बहुदलीय जनबाद अहिले पनि छ । आफ्नो काम गरौं । छोड्नुहोस् यी नेता र पार्टी भन्ने पनि । हामी सबै बन्न सक्छौं, माओवादीको पुच्छर बन्न सक्दैनौं र बन्नु पनि हुदैन । यी सबै देख्दा, आजकाल रोल्पाका एमालेहरु खुबै रुन्छन् । बिचरा उनीहरुमा एमालेमा भएको ऊर्जा छैन । छ त केवल निराशाका पोकापन्तरा मात्र ।

 

(यो लेखकको निजी विचार हो । यससँग ब्रेक एन लिंक्सको सम्पादकीय नीतिको कुनै सम्बन्ध छैन ।- सम्पादक)

प्रकाशित मिति: : 2019-07-27 10:54:03

प्रतिकृया दिनुहोस्